0 COMMENTS

काठमाडौँ, १९ फागुन०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२÷०७३ को वार्षिक प्रतिवेदन बुझेपछि उहाँले सरकारी वकिलले नै सरकारको प्रतिरक्षा गर्ने भएकाले तिनलाई सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलले प्रभावकारी तरिकाले काम गरिरहेको र सो आवमा ७० प्रतिशत मुद्दामा सफलता हासिल भएको जानकारी दिनुभयो । उहाँले सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि गर्नका लागि कार्यालयले निरन्तर प्रयास र योजना बनाइरहेको बताउनुभयो । महान्यायाधिवक्ता कार्यालयले नेपालको संविधानअनुसार प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।