0 COMMENTS

काठमाडौं१९,फागुन०७३/ स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको छ । बैठकले स्थानीय सबै सुरक्षा निकायका गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि आवश्यक तयारी पूरा गर्न र निर्वाचन सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।
स्थानीय चुनानमा तीन तहको सुरक्षा घेरा हुनेछ । पहिलोे घेरामा प्रहरी हुनेछ भने संवेदनशील क्षेत्रमा कुनै घटना भए सशस्त्र प्रहरीलाई अगगाडि सारिनेछ । अनि संवेदनशील क्षेत्रमा नेपाली सेनालाई ‘पिकेटिङ’ गरेर राखिनेछ र आवश्यकता अनुसार खटाउने व्यवस्था मिलाइनेछ । गृह मन्त्रालयका अनुसार स्थानीय चुनावका लागि म्यादी प्रहरी पनि भर्ना गरिनेछ ।
एकै चरणमा मतदान हुने भएकाले म्यादी प्रहरी रहने गृह प्रवक्ता बालकृष्ण पन्थीले बताए । २०७० को चुनावमा १८ हजार बढी मतदान केन्द्र थियो र, त्यसबेला करिव ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय चुनावमा मतदान केन्द्र बढेमा यो संख्या पनि बढ्न सक्ने प्रवक्ता पन्थीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।