0 COMMENTS

फागुन १९, सप्तरी०७३/ सप्तरीको सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो

स्कूल अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानियवासी आतंकित भएका थिए ।बिहान उठेका स्कुलका कर्मचारीले पर्चासँगै कालो बट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त स्थानबाट जयकृष्ण गोइत नेतृत्वको मोर्चाको पर्चा बरामद गरेको प्रहरीले बताएको छ ।

श्रीकृष्ण दल गणबाट पुगेको सेनाको बम डिस्फोजल टोलीले बम निष्क्रिय पारेको हो । मंगलबार पनि यहाँ बम फेला परेको थियो ।आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।