0 COMMENTS

कालिकोट, १८ फागुन०७३/सदरमुकाम मान्ममा घर पोत्न रातो माटो लिन जाँदा ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।मृतुहुनेम मान्म –८ बस्ने २३ बर्षीया सिता पाण्डे रहेकी छीन ।मान्म –९ टाडीस्थित सजन पाण्डेको घडेरी खनेको स्थानमा घर पोत्ने माटो लिन गएको अबस्थामा माथिबाट माटोको ढिस्को आई उनी लगायत ७ जना पुरीदा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई उद्धार गरी उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल कालीकोट पठाएकोमा सिता पाण्डेको उपचारको क्रममा मृत्यु भएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । अझै केही मानिसहरु माटोको ढिस्कामा पुरिएको हुन सक्ने जनाउँदै घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको स्थानीयवासीले बताए । स्थानीयवासीले माटाको ढिस्काले पुरिँदा आवाज आएपछि  पुरीएका हरूलार्इउद्धार गरी निकालेकाे थियाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।