0 COMMENTS

गुल्मी , १८ फागुन०७३/धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईस्मारजस्थल–१ फर्सुकोट बस्ने ५९ बर्षीय यम बहादुर अर्याललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।उनले आफ्नै कान्छी श्रीमती ४५ बर्षीया कमला अर्याललाई टाउकोमा खुकुरी प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुङ्गाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनुभएको छ ।खत्रीले श्रीमतीको हत्या गर्नुअघि आफ्नै गोठमा समेत आगो लगाएको स्थानीयवासीले बताएका छन् । दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । दुई श्रीमतीमध्ये खत्रीका जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमतीतर्फ चार गरी आठ सन्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई आज अपराह्न घटनास्थलबाट पक्राउ गरी हिरासतमा लिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।