0 COMMENTS

काठमाण्डाै१७फागुन०७३/जवरजस्ती करणी मुद्दाका फरार धादिङग पिडा वडा नं.-२ घर भएका   साईला राई भन्ने राज कुमार राई  पक्राउ ।२०५९/५/५ गते जाहेरवालाको ९ वर्षीया छोरीलाई घरमा कोही नभएको समयमा चक्लेट खान दिई ललाई फकाई यौन सम्पर्क गरेको भनी निजको बुबाले जाहेरी दरखास्त दिएको र पछि शारीरिक परिक्षण गराउँदा समेत करणी गरेको प्रमाणित भएकोले धादिङ जिल्ला अदालतले निजहरुलाई जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद फैसला सुनाएकोमा पुनराबेदन अदालत पाटनले समेत सोही फैसलालाई सदर गरेपछी फैसला लगत्तै फरार रहेका प्रतिबादी मध्ये साईला भन्ने राज कुमार राई धादिङ जिल्ला पिडा गा.बि.स. मा लुकिछिपि बसी बसिरहेको अबस्थामा पक्राउ परेकाछन ।

नीज साईला राई भन्ने राज कुमार राई लाइ  केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले अाज धादिङग पिडा गा.बि.स बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि धादिङग जिल्ला अदालतमा पेश गरे पश्चात  अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय धादिङगमा पठाईएको छ ।

 

   

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।