काठमाडौं१७,फागुन०७३/ बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भएको छ ।
८२ औँ मिनेटमा टिसी स्पोर्टसका नाफ्लु अलिले गरेको गोल नै निर्णायक भएको हो । मनाङका किपरले गरेको बल पन्च नाफ्लुको छातीमा लागेर गोल भएको थियो ।खेलमा मनाङ र टिसी स्पोर्टस दुबैको फिनिसिङ निकै फितलो देखिएको थियो । मनाङले गरेको केही राम्रा प्रहार भने टिसी स्पार्टसका गोलरक्षक किरण चेम्जोङले विफल पारे ।
टिसी स्पोर्टसको गोलपोष्ट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले सम्हालेका हुन्। किरण खेलको म्यान अफ द म्याच भए।
प्रतिक्रिया दिनुहोस्