0 COMMENTS

काठमाडौं१७फागुन०७३/  एमालेले २१ फागुनदेखि झापाको काँकडभिट्टाबाट सुरु गर्न लागेको दुई साता लामो तराई मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई सेल्फी खिच्न र साथीभाइसँग भेटघाट गर्न निषेध गरेको छ । स्वयंसेवकहरूका लागि ९ बुँदे आचारसंहिता जारी गर्दै एमालेले अभियान अवधिभर मध्यपान र धुम्रपानको प्रयोगमा समेत पूर्णतः निषेध गरेको छ ।

स्वयंसेवकका लागि पार्टीले जारी गरेको नौ बुँदे आचार–संहिताको चौथो बुँदामा अभियान अवधिभर मध्यपान र धुम्रपानको प्रयोगमा पूर्णतः निषेध गरिएको उल्लेख छ । एमालेले सेल्फी खिच्ने, घुमफिर गर्ने, साथीभाइ तथा आफन्तसँगको भेटघाटमा अनावश्यक समय खर्च नगर्न पनि स्वयंसेवकलाई निर्देशन दिएको छ ।राजधानी दैनिकमा खबर छ ।

केन्द्रका १ हजार पूर्णकालीन र स्थानीय तहबाटै ९ हजार गरी १० हजार स्वयंसेवक अभियानमा परिचालन गरिने एमालेले जनाएको छ । स्वयंसेवकले विभिन्न कोणबाट प्राप्त सूचना आफ्नो टोली नेतामार्फत नेतृत्वसमक्ष पुर्याउनुपर्ने हुन्छ । स्वयंसेवकहरूले जनमैत्री व्यवहारमा ध्यान दिनुपर्ने, तोकिएको कार्य तोकिएकै समयमा पूरा गर्नुपर्ने र काम गर्ने समयमा आइपरेका समस्या टोली नेतामार्फत समाधान गर्नुपर्ने आचार–संहितामा उल्लेख छ ।

स्वयंसेवकहरूका लागि खाना, खाजा र आवासका निम्ति तोकिएको स्थानमा मात्र प्रयोग गर्नुपर्ने, केन्द्रीय तहबाट परिचालित हुने स्वयंसेवकहरूले स्थानीय स्वयंसेवकसँग आवश्यक संयोजन गरेर आफ्नो कार्य अघि बढाउनुपर्नेछ । यसका लागि स्थानीय पार्टी नेतृत्वको सहयोग लिनुपर्ने निर्देशन आचार–संहितामार्फत दिइएको छ ।स्वयंसेवकलाई पार्टीका तर्फबाट रातो रंगको हाफ ज्याकेट, निलो टोपी र टिसर्टको व्यवस्था गरिएको छ ।

२१ फागुनमा सुरु भएर ७ चैतमा समापन हुने मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा तराई मधेसका विभिन्न ३३ सहरमा आमसभा हुनेछ । सो अभियानमा पार्टी अध्यक्ष केपी ओलीसहित वरिष्ठ नेता, पदाधिकारी, स्थायी कमिटीका सदस्य, पोलिटब्युरोसहित केन्द्रीय स्तरका नेताले सम्बोधन गर्नेछन् । कार्यक्रम सम्पन्न भएपछि तराई मधेसका जनताकै घरमा नेता बास बस्नुका साथै उनीहरूकै घरमा खानासमेत खाने व्यवस्था मिलाइएको छ । त्यसका लागि आवश्यक तयारी स्थानीय स्तरमा तीव्र रूपमा भइरहेको एमालेले जनाएको छ ।

अभियानका क्रममा ५० लाखभन्दा बढी जनता सहभागी हुने एमालेले जनाएको छ । आमसभाको तयारीका लागि स्थानीय कमिटीले प्रचारप्रसार, घरदैलो, -यालीलगायतका काम सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।