काठमाण्डाै १६, फाल्गुन २०७३/अाज बिहान ९ बजेर २२ मीनेट जादा रामेछाप केन्द्रबिन्दु बनाएर दुइपटक गत ०७१ बैशाख १२ कै झझल्को दिने गरी रामेछापमा भूकम्पको झड्का आइरहेकोले सर्वसाधारण त्रसित बनेका छन् ।
बिहान ९ बजेर २२ मिनेटमा ठुलैझडका दिदै भूकम्प गएको थियो । उक्त भूकम्प पछि घर बाहिर निस्केका सर्वसाधारण केही क्षणपछि आ-आफ्नो काममा फर्केपछि फेरी भूकम्प गएको थियो । पहिलो ४ दशमलव ६ र दोस्रो ४ दशमलव ७ रेक्टर स्केलको थियो ।
दुवैपटकको भूकम्प केही सेकेण्ड मात्रका थिए । तर कम्पन त्रासदीलाग्दो थियो । दुवै पटकको केन्द्रबिन्दु सुनारपानीको कार्कीटारमा थियो । नजिकै केन्द्रबिन्दु परेकाले विगतको भूकम्पबाट चर्किएका पुराना संरचनाहरुमा केही क्षति भएको छ । कच्चि घरहरु अरु धेरै चर्किएका छन् । जिल्ला सदरमुकामबाट भूकम्पको केन्द्रबिन्दु ५ किलोमिटर पूर्वमा पर्छ ।
भूकम्प आएपछि मन्थलीका विभिन्न अस्पतालमा उपचार गराइरहेका विरामी र कुरुवाको भागदौड भएको थियो । बिदाको दिन भएपनि शैक्षिक संस्थामा कोचिङका लागि पुगेका विद्यार्थीहरु चौरमा निस्किएका थिए । भूकम्पपछि विद्यार्थीहरुलाई आ-आफ्ना घर जान विद्यालयहरुले बिदा दिएका छन् ।