0 COMMENTS

फागुन १६ । सरकारले संयुक्त अरब इमिरेट्स युएई र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ ।

मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो ।यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारिस फिर्ता लिएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार विभिन्न देशमा १४ राजदूत सिफारिस भएको तेस्रो दिन नै सरकारले युएईका लागि सिफारिस भएकी लामा र ओमनका लागि सिफारिस ढकालको नाम फिर्ता लिएर मन्त्रिपरिषद बैठकको माइन्यूटबाटै हटाएको हो ।गत सोमबारको मन्त्रिपरिषद् बैठकले १४ देशका लागि राजदूत सिफारिस गरेको थियो । सिफारिस निर्णयको तेस्रो दिन बुधबारै कांग्रेस सभापति शेरबहादुर देउवाले लामाको नाम फिर्ता लिन परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई आफ्नै निवासमा बोलाएर निर्देशन दिएका थिए ।

सोही दिन देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि टेलिफोन गरेर उक्त विषयबारे जानकारी गराएको स्रोतले बतायो । त्यस्तै, ढकालको नामसमेत फिर्ता लिने निर्णय गरिएको थियो ।अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।