0 COMMENTS

काठमाण्डाै १६,फागुन/ चुनावको घोषणासँगै नेपाली कांगेसभित्र बबण्ड मच्चिएको छ । बबण्ड मच्चिनुको कारण चुनाव होइन । पार्टी सभापति शेरबहादुर देउवाले उच्च पद लिला गर्न थालेपछि बवण्डर शुरु भएको हो । अहिले युरोपमा चर्चहरुले धर्मपत्र बेचेजस्तै देउवाले पद लिलाम गर्न थालेपछि विपक्षी रामचन्द पौडेल खेमा आक्रोशित भएको हो । रामचन्द खेमाको भनाइ छ–देउवा नै तानाशाह झै एकलौटी गर्न छाडिदिने हो भने कांगेस पार्टीले स्थानीय चुनावमा शर्मनाक पराजय भोग्नेछ ।

पराजय भोग्ने त पछिको कुरा भो, देउवाले चुनाव नै स्थगित गराउँछन भन्ने शंका रामचन्द पौडेल खेमामा रहेको छ । देउवाले चुनावको बाटोमा पार्टीलाई नलगेको, आफनो सम्पूर्ण ध्यान ठूला ठूला खरिद र राजनीतिक, प्रशासनिक, कूटनीतिक पद लिलाम बढाबढमा केन्द्रित गरेको उनीहरुको आरोप छ । फागुन १४ गते डा. शशांक कोइरालाको निवासमा बसेको रामचन्द्र खेमाको बैठकमा सबैले एक स्वरमा भने देउवाउले सबै उच्च पदहरु लिलाम गर्न थाले, देउवा सभापति होइन कमिसनखोर व्यापारी बने ।–साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।