0 COMMENTS

रौतहट, १५ फागुन०७३/  ललितपुर गोदावरी नगरपालिका–१ टौखेल बस्ने २९ बर्षीय राजु के.सी.लाई लागू औषध डाईजेपाम ईन्जेक्सन १२ थान, फेनारगन ईन्जेक्सन १२ थान, नुर्फिन ईन्जेक्सन १० थान, नाईट्रोभेट ट्याव्लेट ३ एम्पुल र लाईफलाईन सिरिन्ज ३ थान सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–१ स्थित चस्पुर चोकमा ईलाका प्रहरी कार्यालय चस्पुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनले बोकेको कालो रङको झोलामा उक्त लागू औषध फेला पारी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।