0 COMMENTS

काठमाडौं १५ फागुन०७३/ वैशाख ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि  लगभग २५ हजार अपुग मतपेटिका  भारतबाटै ल्याउने तयारी थालेको छ । 

 निर्वाचन आयोगसँग हाल भएका मतपेटिका बाहेक थप २५ हजार थान ८० लिटर क्षमताको मतपेटिका चाहिने निर्वाचन आयोगले पूर्वानुमान गरेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार आयोगसँग करिब ४० हजार थान मतपेटिका छन् । तीमध्ये थोरैमात्र ८० लिटर क्षमताका छन् । स्थानीय तह चुनावका लागि मतपत्रको आकार बृद्धि हुने भएकाले साना मतपेटिका प्रयोगमा ल्याउन नसकिने आयोगले जनाएको छ ।

स्रोतका अनुसार आयोगले अपुग मतपेटिका भारतबाटै ल्याउने तयारी थालेको छ । छोटो अवधिमा मतपेटिका व्यवस्थापन गर्नुपर्ने भएकाले भारतिय निर्वाचन आयोगबाट ८० लिटर क्षमताका मतपेटिका ल्याउन लागिएको हो । यस्तै आयोगले भारतबाहेक जापान सरकारसँग समेत ८० लिटर क्षमताका मतपेटिका व्यवस्थापन गरिदिनेबारे दूतावास मार्फत जापान सरकारसँग छलफल अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।