0 COMMENTS

हेटौँडा, १४ फागुन ०७३/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई प्रगाढ राख्न प्रत्येक नागरिकका हृदयमा सनातन वैदिक भावना जागृत गराउनुपर्ने समय आएको बताउनुभएको छ ।नेपाल मानव धर्म सेवा समितिद्वारा आयोजित स्वर्णजयन्ती तथा सत्सङ्ग महोत्सवको आज हेटाँैडामा समापन गर्दै उहाँले आध्यात्मिक वैदिक धर्मको माध्यमबाट सभ्य समाज र परोपकारी भावना पुनःस्थापित गर्न सतसङ्गले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–“समाजलाई जातीय, धर्म र क्षेत्रीयताबाट विभाजन गर्नुहुँदैन, समाजमा धार्मिक सहिष्णुताका माध्यमबाट शान्ति र बन्धुबान्धत्वको भावना माथि उठाउनुपर्छ ।कार्यक्रममा भारतीय जगत्गुरु सन्पाद महाराजले पशुपतिनाथ, गौतमबुद्ध, जानकीलगायतबाट दैवीशक्तिमा अडेको नेपाललाई सनातन वैदिक धर्मको जागरणबाट आर्थिक, सामाजिक रुपबाट बलियो तुल्याउन सकिने बताउनुभयो ।
दुईदिने सो समारोहमा नेपाललगायत भारत, भुटान र श्रीलङ्काका स्वामी, साधु, सन्तमहन्तसहित नेपालका मानव सेवा धर्मका ४० आश्रमबाट प्रतिनिधित्व भएको र करिब चार हजारजनालाई धार्मिक प्रशिक्षण दिइएको स्वर्णजयन्ती प्रचार प्रसार समितिका सचिव सुवास कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।