0 COMMENTS

काठमाडौं १४ फागुन०७३/नेपाली सेनाले खोलेको काठमाडौं तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडक खण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ। कुल ७६.४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्रयाक खोलिएको छ। काठमाडौं-तराई/मधेस फास्ट ट्र्याक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यका अनुसार छैमलेदेखि सिस्नेरी-दोभान‍- निजगढ हुँदै लेनडाँडासम्म सुख्खायाममा यातायात सञ्चालन हुनेछ। ललितपुरको सैंबु, खोकना, बुङ्मती र डुकुछाप क्षेत्रमा अझै ६.४ किलोमिटरमा पर्ने जग्गा खरिद तथा मुआब्जासम्बन्धी काम बाँकी रहेको छ। यही क्षेत्र हुँदै फास्ट ट्र्याक निर्माण हुने भए पनि जग्गा प्राप्ति भइनसकेकाले वैकल्पिक सडकका रुपमा छैमलेदेखि सिस्नेरी- दोभान हुँदै फास्ट ट्र्याक भेट्ने गरी यातायात सञ्चालन सुरु गर्न लागिकएको हो ।

‘यातायात सञ्चालन गर्न ट्र्याक सफा गर्ने काम भइरहेको छ’ आयोजना प्रमुख शाक्यले भने ‘ मिति किटान गर्न नसके पनि जाडो भन्दा चाँडो यातायात सञ्चालनमा ल्याउँदैछौं।’ आयोजना कार्यलयले निजगढ र छैमले दुवैतिरबाट सवारी गुड्न सक्ने ट्र्याक तयारीको काम भइरहेको जनाएको छ। त्यसका लागि दुबैतिरबाट डोजरले काम गरिरहेका छन्। केही दिनअघि गरिएको स्थलगत निरीक्षणले पनि हिउँद याममा सवारी साधन गुड्न सक्ने सम्भावना रहेकाले सञ्चालनको तयारी थालिएको आयोजना प्रमुख शाक्यले जानकारी दिए। सेनाले २०६६ देखि २०७० सालसम्म चार वर्ष लगाएर एक सय १० किलोमिटर पाइलट ट्र्याक खोलेको थियो। नयापत्रिकामा समाचार छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।