0 COMMENTS

काठमाडौं१३फागुन०७३/ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दीसहित चार बुदें माग राखेर आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्थामा केही समस्या देखिन थालेको छ ।

बुधबार विहान देखि अनशनरत पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले तेस्रो दिन पनि अनशन जारी राखेका छन् । उनीहरुको स्वास्थ्य अवस्था विस्तारै विग्रन थालेको छ । सामान्य टाउको दुख्ने साथै कमजोरी महसुश हुन थालेको उनीहरुले बताए ।

आमरण अनशन सुरु भएलगत्तै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले ताला खोलेर बार्तामा बस्न आब्हान गरेपनि उनीहरुले माग पूर्ण रुपमा सम्बोधन हुने अवस्था नभएसम्म तालाबन्दी र अनशन जारी राख्ने बताएका थिए ।

यद्यपी, अनशनकारीको मागप्रति ऐकबद्धता जनाउँदै मागहरु तत्काल सम्बोधन गर्न विभिन्न संगठन तथा पत्रकारहरुले दबाब दिइरहेका छन् । अनशनकारीलाई समर्थन र ऐकबद्धता जनाउन जिल्लाका पत्रकारहरु पनि काठमाडौं आउने क्रम सुरु भएको छ ।

पाँचथर, ताप्लेजुङ, इलामका पत्रकारहरुको ठूलो टोली आजै काठमाडौं आउने भएको महासंघ इलामका पूर्व अध्यक्ष सोमनाथ सुसेलीले जानकारी दिए ।

पछिल्ला दिनहरुमा पत्रकार महासंघमा चरम राजनीतिकरण बढेको र सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दी गरी कार्यालयकै परिसरमा अनसन सुरु गरेका हुन् ।

उनीहरुले राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् ।

विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई समेत कारबाहीको माग गरिएको छ ।

लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि अनसनकारीले माग गरेका छन् ।

उता, नेपाल पत्रकार महासंघ इलामको १० औँ जिल्ला अधिवेशनको क्रममा केन्द्रीय प्रतिनिधि खगेन्द्र पन्त र जिल्लाको तत्कालिन नेतृत्वले हुकुमी शैलीमा बिधि र बिधान मिचेर अधिवेशन गरेको भन्दै नेपाल प्रेस युनियन इलामले विहीबार महासंघ इलामको मुल ढोकामा कालो व्यानर सहित तालाबन्दी गरेका छन् ।

बिधि बिधान मिचेर अघि नबढ्न आग्रह गर्दै फागुुन ५ गते पत्रकार महासंघ इलाम शाखामा ताला लगाएको ताला फुटाएपछि दुई संगठनले कालो व्यानर सहित व्यानर राखेको हो ।इमेज खबर

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।