0 COMMENTS

भक्तपुर , १२ फागुन०७३/  घुस लिदै गरेको अवस्थामा भक्तपुर नगरपालिका–१ स्थित मालपोत कार्यालय भक्तपुरमा कार्यरत सूर्यविनायक नगरपालिका–१२ चित्तापोल घर भएका नायब सुब्बा ऋषिराम बुढाथोकी, सोही कार्यालयको लेखनदास भक्तपुर तौमडी बस्ने बिष्णु बिश्रुतु र कार्यालय सहयोगी सिन्धुपाल्चोक पिपलडाँडा–३ घर भएका ५५ बर्षीय केशब खत्री लगायत ३ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–१ स्थित सुवर्ण भोजनालयमा उनीहरुले सेवाग्राहीबाट घुस मागेको भन्ने खबर प्राप्त हुनासाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले घुस लिंदै गरेको अबस्थामा नगद ६ लाख १४ हजार रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।