काठमाडौं१२ फागुन०७३/ भारतले आफ्नो देशको बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाएको ४.५ प्रतिशत सेवा शुल्क हटाएको छ । जसबाट नेपाली व्यापारी तथा आयातकर्तालाई पनि फाइदा पुग्ने छ ।
भारतको वित्त मन्त्रालय अन्तर्गतको राजश्व विभागले हालै मात्र सूचना निकालेर सेवा शुल्क हटाएको जानकारी दिएको हो । यद्यपी तेस्रो मुलुकबाट आयात गरिएका सामानहरु भारतको कर लाग्ने क्षेत्रमा गए यो कर लाग्ने छ । तर, दोस्रो मुलुकमा जाने सामानमा भने उक्त कर लाग्ने छैन । त्यसका लागि कागजजातहरुमा आयात भएको सामान भारतीय कर लाग्ने क्षेत्रमा नजाने प्रष्ट खुलाउनु पर्नेछ ।
करिव एक महिनाअघि भारतले सूचना प्रकाशित गरेर भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट हुने आयातमा साढे ४ प्रतिशत सेवा शुल्क लगाएको थियो । भारतले यो आफ्नो बन्दरगाहाबाट आयात गर्ने सबैका लागि लगाएको थियो । उक्त करले नेपाली व्यापारी र आयातकर्तालाई ठूलो असर गरेको थियो ।