एस एल सि सकाएपछी………………………….
घरमा बुढा भएका बा आमा दिदिको बिवाह अनि मेरो पढाईको ऋण सबै चपेटामा हुँदै गर्दा बर्खा नथेग्ने छानो मुनि त्यत्ती बस्न मन लागेन गाउँमा रहर पलायो काठमाडौं जाने अनि काम गर्ने अनि पैसा कमाएर बर्खामा घर भित्र भाँडा थाप्न नपर्ने बनाउने अनि बाबा आमाको चाउरी परेको निधारमा अलिकती भए पनि खुशी छर्ने । त्यस्तै सोच बोकेर काठमाडौं निक्लने सोच बनाएर खल्तिमा २०० रुपियाँ त्यो पनि ऋणमै बोकेर लागेँ काठमाडौं । पहिला एक दुई पटक आएको भएपनी खासै अनुभव थिएन मलाई तैपनी मनभरी सपनाको डोको बोकेर लागियो धार्के, नौबिसे, थानकोट, कलंकी हुँदै सपनाको शहर काठमान्डौ । गाँउकै एक जना दाजु एक दुई बर्ष अगाडी देखि काठमाडौं मै हुनुभएकोले उहाकैमा जाने सोचका साथ कलंकी झरेर फोन गरेँ र सोधपुछ गर्दै लैनचौर पुगेँ ।
उहाँको बसाइ लैनचौरकै भित्री गल्लीमा पुरानो घरको भुँइतलामा सानो कोठामा रहेछ, भन्नुभो भाइ यस्तै हो काठमाडौं भन्नू यहाँ सुख चाहिँ छैन । आउन त आइहालिस मैले कामको पनि कुरा गर्दिसकेको छु भोलिबाट केही दिन साइकल सिक अनि साइकल जान्ने बित्तिकै काम सुरु हुन्छ तेरो भन्दै दाइ स्टोभमा जोड जोडले दम दिदैँ हुनुहुन्थ्यो । म भने गाँउको घर यो कोठा साइकल सिकाइ सम्ममात्र सोच्दानै आङ्ग सिरिङ्ग गराउदै अनि जागिर सुरु शब्दले दिएको खुशिमा रुमल्लिदै थिए । खाना तयार अनि खाना खाएर दिनभरिको बसको थकानले कतिबेला फुस्सै निदाइछु पत्तोनै पाइन! बिहान ब्युँझिदा ओछ्यानमा एक्लै लामखुट्टेले टोकेको डाबर अनि लथालिङ्ग कोठा ।
दाई बिहानै काममा जानुहुदो रहेछ, म निन्द्रैमा छु भनेर नबोलाइ गएँ भन्दै एकैछिनपछी दाइ टुप्लुक्क कोठामा आइपुग्नुभयाे । दाइकाे बिहान केहि समय काममा गएर कोठामा आइ खानपिन सकेर फेरि अफिस जानुपर्ने रहेछ । फेरि सुरु भयो त्यही स्टोभमा दम दिँदै, हेर भाइ! मेरो त्यति फुर्सद हुदैन तलाई एकैछिन भात बसालेर साइकल सिकाउछु अनि म अफिस जानुपर्छ, ढिला भए मार्छन मलाइ । बरु तँ पनि सङ्गै जालास अनि अलिअली काठमाडौं पनि चिनिन्छ पछि हिड्दै आइज कोठामा, बाहिर नहिड है धेरै हराउलास फेरि । हस भन्दै बाहिर निक्लियौ अनि साइकल सिक्न सुरु भयाे खानपिन सकाएर साइकलको पछाडी मलाइ राखेर बाटो सम्झी है अहिले कोठा आउँदा बाटो भुल्लास भन्दै हानिए ठमेल तिर, यो लैनचौर दूध डेरि यस्लाइ डिडिसी भन्छन यो चाहिँ अमृत साइन्स क्याम्पस, अनि यस्लाइ त्रीदेबिमार्ग भन्छन, यतापाटी कर्मचारी संचयकोष छ भन्दै दाइको गति झन बढ्दै थियो म चाहिँ सुन्ने मात्र, त्यत्तिकैमा दाइको अफिस पुगियो । अफिस पुगेपछी ल अब हेर्दै हेर्दै जा कोठामा भनिनसक्दै मैले मुन्टो हल्लाएँ ।
ठमेल बाट लैनचौर तिर फर्कदै गर्दा म दायाँबायाँ हेर्दै अनि दाइले पहिला भन्नुभको कुराहरु मनमा खेलाउदै फर्के लैनचौर तिर । फर्किदै गर्दा देखेँ, एउटा ढावाको बाहिर कर्मचारी आबस्यकता लेखिएको रहेछ, अनि के रैछ भनेर पसे सोध्नलाइ, सोधखोज गरे कुराकानी त खासै नजान्ने म उनिहरुलेनै एकोहोरो बोले बिहान ६ बजे उठ्नुपर्छ अनि बेलुका १०/११ सम्म बज्छ खान बस्न यहीँ दिन्छौ, गर्छौ काम? अनि मैले सोधेँ तलब कति साहुजी?
तिमी अलिक पढेको पनि रैछौ अङ्ग्रेजी पनि अलिअली बोल्न सक्ने त्यसैले अरुलाइ १२०० देको छु तिम्लाइ १५०० दिन्छु सुरुबाटै । मैले हस को मुन्टो हल्लाउँदै सहमत जनाँए! काम पक्का भो वेटर । आजैबाट गर भन्दै थिए मैले भोलिबाट आउँछु भन्दै जागिर पनि पाइएको खुशियालिमा पुगे कोठा! म हतारमा थिए दाइ कतिबेला आउनुहोला र सुनाउला भन्दै । ठिक दाइ पनि आउनुभो अनि सुनाए सबै, दाइले ठिकै छ नि त बिहान साइकलमा पत्रीका घर घर पुर्याउन भन्दा त्यही सजिलो हुन्छ त्यही गर, म उता आउदैन भन्दिन्छु, हस भन्दै भोलिपल्ट बिहान बाट सुरु भयो जिन्दगिको पहिलो जागिर । बिदेशी पनि आउने अंग्रेजी बोल्न जान्ने एक जना कामदार नहुनाले समस्याको बिचमा म लाटो देशको कुन्नी के तन्नेरी झै सुरुबाटै माया अनि सद्भावका साथ काम गर्न्ने अवसर पाए । दिउँसो खाजाको समयमा ठमेलको ज्याठा, काठमाडौं गेस्टहाउस सम्मै अनि झन्डै अस्कल क्याम्पस सम्मै खाजा डेलिभरी गर्नुपर्ने त्यसमा पनि अरुले एक पल्टमा याद नगर्ने अन्तै पुर्याइदिने विभिन्न समस्या भोगिरहेका उनिहरुले मलाइ नै त्यो काममा खटाउने निधो गरे । मलाइ ठमेलका प्रत्यक घरका प्रत्यक तल्लामा कुन अफिस छ र कस्तो भर्याङ्ग छ भन्ने कुरा अझैपनी केही झलक दिमागमा ठिङ्ग आउँछ । किनकी त्यि प्रत्यक छिँडिमा मैले चप्पल पड्काएको छु ।
यसैगरी चले मेरा दिन, अनि केही महिना । सोही क्रममा मैले खाजा पुर्याउने एउटा पसले साहुको छोरी पनि एस एल सि दिएर बसेकी भेटेको थिएँ! खुबै सोधिखोजी गर्थी कति आउँछ तिम्रो? कस्तो भयो एक्जाम? यस्तै यस्तै तर म लाजले खासै नबोल्ने ठिकै भयो कति आउँछ थाहा छैन अनि यस्तै यस्तै,, हो/ होइन छ/ छैनमा जवाफ दिदै उम्कन्थे म, हेर्दा सोझी र सज्जन लाग्ने तर खुबै सोझोलाइ पाए बेचेरै खाली झैँ लाग्थ्यो हेर्दापनी केही समय पश्चात् मलाइ पनि काठमान्डौंको हावापानी पच्न थालिसकेको थियो, अलि अलि बोल्ने र ताल परे दुई चार ओटि केटि जिस्काउने भैसकेको थिएँ अनि बोल्न थालेँ उनी संग, पछि म पनि केही बोल्ने भएपछी थाहा भयो उनको नाम रैछ प्रजुला महर्जन
उनको नाम त प्रजुला महर्जन थाहा भयो तर मेरो असली नामनै उनलाइ मैले भनेको थिइन, कारण मेरो दुइटा नाम छन । एउटा घरमा बोलाउने र मलाइ प्यारो लाग्ने नाम र अर्को न्वारनमा राखिएको नाम, त्यो नाम मलाइ खासै प्यारो लाग्दैन, तर बिडम्बना मेरो सबै प्रमाणपत्रहरुमा त्यही नाम छ, उनलाइ र त्यहा काम गर्ने ठाउँमा मेरो परिचय त्यही नामको थियो, र मेरो दुइटा नाम छ भनेर भन्न पनि आबस्यक ठानिन् या कुन्नी किन मेरो सबैले बोलाउने र सबैले चिन्ने नाम त्यहाँ भनिन्, अझै अक्सर त नुवाकोटे भाइ भनेर चिन्थे त्यहा सबैले ।
सबैको भोक मेटाइदिने माध्यम भएर होला म, त्यसैले प्रायः मायानै गर्थे , तर साथी र आफ्नो भन्ने कोहि थिएनन्, त्यसैले उनी संग अलिक छिट्टै साथी जस्तो महसुस हुन थालेको थियो मलाइ ।खाजा पुर्याउन जाँदा ५/७ मिनेट अलमल त भैहाल्थ्यो त्यहाँ। अनि भन्थिन् सधैं यस्तै पसलमा बस्न पाए क्या रमाइलो हुन्थ्यो अब फेरि पढ्न जाने दिन आइहाल्छ अनि लास्ट झ्याउ हुन्छ, उसको बोलिमा अलिक शहरीकरण भेटिन्थ्यो अनि मेरोमा पुरै गाँउले पारा । उनका कुनै कुनै शब्दहरु सुन्दा त छ्या कस्तो सोमत नभकी केटि होलि भन्थे मनमनै । अनि फेरि लाग्थ्यो यिनी खासमा मेरो साथिनै होइन, यिनी संग मेरो कुनै कुरै मिल्दैन, उनको र मेरो सपनानै फरक छन, लक्ष्यनै फरक छन अनि क्यारी साथी हुनु ? कुरा कति फरक हुन्थे भनेर भनिनसक्नु थिय हामी बिचको खाडल, तैपनी साथिझै लागिहाल्ने, भन्थिन म त प्लस टू निस्टमा पढ्ने साइन्स पढ्ने हो अनि तिमी कहाँ पढ्छौ? निस्टमा कमर्स पनि छ तिमी पनि त्यही पढ् राम्रो छ कलेज, अनि म फेरि सम्झिन्थे पानी चुहिने छानो , ऋणको भारी अनि आफ्नो धरातल, र जवाफ दिन्थे म त काम गर्दै पढ्ने हो त्यसैले सरस्वती क्याम्पस पढ्छु होला नजिक त्यही छ, छि त्यहाँ त नपढ् कस्तो खत्तम छ बरु मनमोहनमा पढ् न! यिनका यी ठूलो महत्वाकांक्षा देखेर पनि मैले मेरो बास्तबिकता देखाउन सकिरहेको थिइन, तर उसैले सजिलो बनाइदिइ ।
एक दिन मलाइ शहरका मान्छेनै मन पर्दैन साथिहरु पनि सबै स्वार्थी र घमण्डी हुन्छन, खास तिमिजस्ता हुँदाहुन त मेरा कति मिल्ने साथी हुन्थे होला, तर बिडम्बना मेरो मिल्ने साथी एक जना पनि छैन, अब चाहिँ बल्ल तिमी भयौ!तिम्रो बारेमा मलाइ सबै कुरा जान्न मन छ मेरो बारेमा पनि सबै कुरा भन्न मन छ एकदिन एक घण्टा जति टाइम निकालन् अनि डिडिसिमा दहि खाँदै सबै कुरा सियर गरौं, साथी भएपछी त साथिको बारेमा सबै कुरा थाहा हुनु पर्यो नि होइन? अनि अझै डर थियो मेरो बास्तबिकता भनेको दिनबाट साथिको त कुरै छाडुम् यो केटि म संग बोल्दा पनि बोल्दिन होला, भन्ने मनमा खेलाउदै नाइ भन्न नसकेरै मैले भने हुन्छ शनिबार दिउँसो मेरो फुर्सद हुन्छ त्यही दिन सबै कुरा सियर गरौं न त हुन्छ? उस्ले तुरुन्तै सहमत जनाउदै भनिन्, ओके डन! शनिबार दिउँसो १२ बजे डिडिसिमा भेट्ने!
बिहीबार दिउँसो उनले शनिबार दिउँसो १२ बजे डन! भनिसकेपछी मनमा अरु कुरा त आउनेनै भएन, सिर्फ त्यही कुराले डेरा जमायो, के भन्ने अनि के गर्ने, के लगाएर जाने अनि दाइलाइ भनुम कि नभनुम र सत्य बोलुम कि झुट? यत्ति प्रश्नमा रुमल्लिरह्यो यो मन अनि मस्तिष्क ।
अनि सोचेँ दाइलाइ त भन्नै पर्छ । शनिबार दिनभरी दाइ कोठामै हुनुहुन्छ अनि म दिउँसो कोठाबाट ठाँटिएर निक्लिदा कहाँ जान लाको भन्नू? पछि थाहा पाइहाल्छन त्यसैले पहिल्यै भन्दिउ, के नै गर्न जान लाको हो र भेट्नै त होनि!
पुगेँ बेलुका कोठामा दाइ पढ्दै हुनुहुदो रैछ मैनबत्ती बालेर । भन्नुभो आइस कान्छा? हजुर ए ठिकै भो तँ संग केही कुरा पनि गर्नुथियो त्यसैले कुरिराको, कति ढिला गर्या? लौ म पो कुरा गरौंला भनेको उहाँ पनि कुरै गर्नुछ पो भन्नुहुन्छ । अकमक्क परेर सोधे, के कुरा दाइ?
हेर् मेरो अफिसको रिसेप्सनिस्टले अर्को महिना जागिर छोड्ने भनेर आज राजिनामा देकि छे, त्यो पोस्टमा बहिनिलाइ जागिर लाइदिनु पर्यो ।आइतबार काठमाडौं बोलाको छु लक्ष्मीलाई! एक महिना चाहिँ कम्प्युटर र ल्याङ्वेज सिक्दै गर्छे अनि काम गर्दै पढ्छे त्यस्ले पनि । त्यसैले यो कोठामा तीन जना त अटिन्न अर्को एउटा कोठा रैछ त्यो गल्लिको मुखैमा, त्यो कोठा पनि लिनु पर्यो अब! अनि तँलाइ यो कोठा ठिक्क पनि हुन्छ एक्लै बस्नलाइ, लक्ष्मी र म उता बस्छौं ।
अब थपियो अर्को बोझ जिवनमा, आफ्नो नामको एउटा त्यान्द्रो छैन कोठामा अब सबै कुरा जोड्न पर्ने भो! काम गरेको दुई महिना भको छैन ३००० पनि आउदैन त्यतिले के गर्नु? ६०० कोठा भाडा पनि एक्लै पो तिर्नुपर्छ १५०० तलब थापेर! अनि के सामन कसरी जोड्नु! मन भारी भो, प्रजुलालाइ भेट्ने कुराको खुल्दुली सबै भागे मनबाट, अनि भने हस! अब अर्काको बहिनी पनि आउने भनिसकेपछी त मैले नाइ हुन्न भन्ने कुरा पनि त आएन, दाजुभाइ भको भए मिलेर बसौं न भन्न पनि हुन्थ्यो तर बहिनी हुनाले त्यो भन्न पनि सकिन मैले!
अब शनिबार बिहान कोठा सार्नुपर्यो तँ पनि भोलि साहु संग पैसा माग अनि एउटा खाट र सिरक डसना अनि एउटा झुल त किन्नै पर्यो अरु केही नकिने पनि अरु चाहिँ बिस्तारै जोड्दै गर्लास नि! भने हस! मात्र हस, बाँकी त शब्द बिहिन थिए म दिनभरिको कामको थकान अनि उत्साहको बिचमा आएको जिवनको भारिले यति नमिठो संग थिच्यो कि रातभरी १७ कोल्टे फेर्दा पनि निदाउन सकिएन ।
बिहान काममा निक्लिने बेला फेरि दाइले सम्झाउनुभो पैसा माग है साहु संग! हस, भन्दै निक्ले कामतिर! दिउँसो भएपछी सुनाए साहुलाइ आफ्नो कहानी, उनले सहजै स्विकार्दै ल ल ठिक छ कोठा भाडा तिर्ने पैसा चाहिँ बेलुका लैजा अनि ओढ्नी ओछ्याउने, खाट र कोठामा चाहिने अरु सामान शनिबार म संगै गएर किन्दिन्छु खाना यतै खाइहाल्छस् बस्नको लागि त होनि अनि तलब बाट कटाउला ।मन ढुक्क भो शान्ती मिल्यो अब अर्को समस्या बाट पनि पार पाइयो! साहु त देउतानै भए त्यतिबेला मेरो लागि! खोइ मलाइ माया गरेका हुन कि मेरो कामलाइ? जे सुकै होस समस्याको समाधान ठूलो हो र मेरो लागि त्यो नै ठूलो भो ।
भोलि त प्रजुलालाइ पनि पो भेट्नु छ बिहानै कोठा सार्नु पर्यो अनि दाइलाइ पनि नभनिकन साहु संग सामान किन्न जान लाको भनेर जान्छु ।अब किन सुनाउनु सबै कुरा दाइलाइ, साहुलाइ पनि बिहान कोठा सारेर म दिउँसो १/१:३० बजेतिर आउने निधो गरेर कोठातिर लागे ा
आज पनि बत्ती थिएन, दाइ उहीँ मैनबत्ती बालेर पढ्दै गरेका म पुग्नेबित्तिकै भने ल्याइस पैसा? कोठा भाडा ल्याको छु सामन चाहिँ साहुलेनै किन्दिन्छ रे मैले पनि हस भनेर आएँ ।
ए ठिकै छ त राम्रो रैछ साहु, आजकल यस्ता साहु हुन्नन राम्रो संग काम गर काम नछोड त्यहाँ त्यसोभए! हस छोड्दिन!
म त त्यो कोठामा बस्छु भन्नेनै घरपेटिलाइ थाहा नै थिएन अनि दाइले घरपेटिलाइ पनि चिन्नु पर्यो अब भाइ मात्र बस्छ भनेर भन्दिन्छु मैले अनि भाडा चाहिँ २७ गते महिना मर्छ त्यही बेला दिदा हुन्छ! भन्दै संगैको नयाँ घरतिर लम्किनु भयो, यो घर पनि हाम्रै घरपेटिको हो पोहोर सरेका नया घरमा, पहिला त त्यही पुरानै घरको टप फ्लोरमा बस्थे यिनिहरु पनि, ए ए भन्दै लागे पछि! धेरै धनी छन ठमेलमा ठूलो पसल छ, ३/४ जना त काम गर्ने मात्रै छन भाडा चाहिँ बेलामा दिनुपर्छ अरु खासै मतलब गर्दैनन् ठिकै छन घरपेटी! भन्दै पुगियो पाँचौ तलामा, घरमा को हुनुहुन्छ? म बिरेन्द्र, पल्लो घरमा बस्ने मान्छे! कुरा गर्नु थियो त्यसैले, एकैछिन है म आइहाले भन्दै ढोका खोल्न आइपुगिन प्रजुला! ए तिमिपनी हाम्रै घरमा पो बस्छौ? उम होनि दाइ संगै बस्थे नि! तिम्रै घर पो हो? अँ होनि भित्रै आउनु न! उनले ढुक्कै संग भनिहालिन! होइन होइन आज हतार छ कोठा सार्नु पर्यो अनि यस्को कोठामा केही छैन, दिउँसो कोठाको सामान पनि किन्नुपर्ने छ अहिले म सरेको अब भाइ बस्छ है भनेर मात्र चिनाउन आको गइहाल्छौ! दाइको त्यति कुरा भुइँमा झर्न नपाउदै उनले मेरो न्वारनकै नाम लिगेर भनिहालिन, अनि दिउँसो हामी भेट्ने भनेको त?