0 COMMENTS

धनकुटा१०, फागुन ०७३/ ट्यांकर मजदुर र आयाल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारीबीचको असमझदारीले गर्दा पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प भएको छ ।

ढुवानी रोकिएसँगै तीन दिनयता कोशी पहाडी जिल्लामा पेट्रोल र डिजेल अभाव भएको छ । इन्धन अभाव हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा यातायात र ढुवानी सेवा प्रभावित बनेका छन् ।ट्यांकर मजदुर र आयल निगमबीच समस्या समाधानका लागि वार्ता भएपनि अझै केही दिन इन्धन लोड हुने सम्भावना नरहेको स्थानीय पेट्रोल पम्प संचालकहरुले बताएका छन् ।

मोटर साइकलका लागि सीमित कोटामा पेट्रोल उपलब्ध गराइएको भएपनि डिजेल दिन नसकिएको उनिहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।