0 COMMENTS

काठमाण्डौ,१० फागुन०७३ /सरकारले स्थानीय चुनाबको मिति घोषणा गरेको एक घण्टा नबित्दै मधेसी मोर्चाले मधेस बन्दको घोषणा गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालय बिजुलीबजारमा बसेको बैठकपछि सरकारले आफ्ना माग सम्बोधन नगरी निर्णय लिएको भन्दै मधेस बन्द सहितको आन्दोलनको घोषणा गरेको हो ।

बैठकले निर्वाचन गर्ने सरकारको निर्णयको विरोधमा भण्डाफोर अभियान पनि सुरु गर्ने निर्णय गरेको छ । मोर्चाले भोलि फागुन १० गते मधेसका सबै जिल्ला सदरमुकामहरूमा मसाल जुलुसस प्रदर्शन गर्ने, ११ गते मधेस बन्द गर्ने र १२ गते देखि १५ दिन सम्म गाउँ नगर तथा जिल्ला सदरमुकामहरूमा सरकार बिरूद्ध भण्डाफोर गर्ने निर्णय गरेको छ । यसअघि संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई निर्वाचनको मिति घोषणा भए बिथोल्ने चेतावनी दिँदै आएको मोर्चाले सरकारले निर्वाचनको मिति घोषणा गरे लगत्तै बन्द सहितका आन्दोन घोषणा गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।