0 COMMENTS

काठमाडौँ१० फागुन०७३/ नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकामा स्वागत गरेको छ । निर्वाचनको मिति घोषणा गर्दै आएको सो प्रमुख प्रतिपक्षी दलले आगामी वैशाख ३१ मा घोषित स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै तयारी गर्न र कुनै पनि बहानामा समय अल्मल्याउने काम नगर्न माग गरेको छ ।

मन्त्रिपरिषद्को आजको तेस्रो बैठकले मिति तय गरेको सार्वजनिक भएपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले भने , “घोषित मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ । अरु कुनै निहुँ छिकेर अल्मल्याउने कुनै पनि काम हुनु हुँदैन । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोयको प्रतिवेदन तुरुन्त अनुमोदन भई निर्वाचन आयोगलाई पठाइनुपर्छ ।”

संविधान संशोधन प्रस्तावका सम्बन्धमा सोधिएको जिज्ञासामा उनले त्यसका अन्तरनिहित विषय राष्ट्रहितमा नभएको भन्ने पार्टीको अडान कायमै रहेको तर सरकारले छलफलको प्रक्रियामा लान खोजेको हुँदा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा त्यसमा छलफल गर्न आफूहरु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।