रंन्जिता ढकाल,०९फागुन०७३/ थाइल्याण्डको बैंककमा आयोजित ‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ । नेपालका तर्फवाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको लाखेको पोशाकलाई यो अवार्ड प्रदान गरेको हो ।
बैंकक शहरस्थित द स्टेज एट एशियाटिक द रिभरफ्रन्टमा फेब्रुअरी १३ तारिखमा संचालन भएको मिष्टर इन्टरनेसनलको ११औं संस्करणको फाइनल प्रतिस्पर्धामा रोकेशले नेसनल कस्ट्युम अवार्ड हात पारेको हो । विभिन्न ३५ राष्ट्रको सहभागीता हरेको कार्यक्रममा रोकेशलाई नेपालको तर्फवाट फ्रान्चाइजी नेक्स्ट मिडियाले छनौट गर्नुका साथै उनको सहभागिताको संयोजन र व्यवस्थापन गरेको हो ।
फाइनल प्रतिस्पर्धामा लेबननका पल इस्कन्डरले मुख्य अवार्ड हात पार्न सफल भएको कार्यक्रममा पर्सनालिटी विधातर्फ उत्कृष्ट दश भित्र पनि रोकेश पर्न सफल भएका थिए ।
नेपाललाई यो अवार्ड दिलाउनु भएका रोकेशले मिष्टर इन्टरनेसनल प्रतियोगिताका लागि आवश्यक तयारीका साथै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धीत विविध आधारभूत पक्ष र प्रस्तुतिकरणका बारेमा कोरियोग्राफर रोजिन शाक्यसित अभिमुखीकरण कक्षा लिनुभएको थियो । यस कार्यक्रममा प्रस्तुत गरिएको लाखे पहिरन सम्बन्धीत विजय तण्डुकारले ग्रुमिङ गर्नुभएको थियो ।नेक्स्ट मिडियाका डाइरेक्टर रिजेश तण्डुकारका अनुसार नेपालले हरेक क्षेत्रमा मौलीक पोशाकले आफ्नो परिचय दिइरहेको र यसको एउटा उदाहरण यो अवार्ड भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले महत्वपूर्ण अवार्ड हासिल गर्न नसकेपनि आफ्नो देशको नाम उच्च राख्न नेपाली पना झल्कने प्रस्तुती स्वरुप लाखे नाच र पोशाक प्रस्तुत गरेको जानकारी दिनुभयो ।
नयाँ पिंढीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आवश्यक पूर्वाधार सहित वातावरण बनाउन सकेमा नेपालले पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने नमुना दिएको नेशनल डाइरेक्टर सलुन महर्जनले जनाउनु भयो । यो अवार्डले आफूहरु अझै हौसिएको र भविष्यमा महत्वपूर्ण अवार्ड सम्म जित्ने तरिकाले प्रयत्न र प्रदर्शन गर्ने जनाउनु भयो ।
अवार्ड विजेता २८ वर्षिय तण्डुकार संगीतको प्रशिक्षण प्राप्त मल्टिमिडिया विज्ञ हुन् भने उनी फ्रिलान्सर ग्राफिक डिजाइनर पनि हुन् ।