0 COMMENTS

 काठमाडौं फाल्गुन ९, २०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । २ हजार ८ सय ४ मत ल्याई थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रदिपविक्रम राणाले २ सय ५१ मत प्राप्त गर्नुभयो । महाधिवेशनअन्तर्गत अध्यक्षका लागि आज भएको मतदानमा कुल ३ हजार १ सय ३६ मत खसेको थियो । जसमा ८१ मत बदर भएको थियो । केन्द्रीय सदस्यका लागि भने भोलि विहान विद्युतीय मेसिनबाट मतदान हुने राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय सदस्यका लागी आज मतदान हुने भनिएपनि मतदाता संख्या, स्थानको अभाव लगायतका कारणले हुन नसकेको हो । ९८ जना केन्द्रीय सदस्यका लागि खुला र समावेशी तर्फ गरी ३ सय ६३ जना चुनावी मैदानमा छन् । राप्रपाको नयाँ बिधानमा २७ पदाधीकारी सहित केन्द्रीय समितिको ४० प्रतिशत स्थानमा अध्यक्षले मनोनयन गर्ने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।