0 COMMENTS

काठमाडौं, ९ फागुन०७३/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणमा आएको छोटो समयमै सम्मानित भएका छन् । उनी ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित भएका छन् ।

घिसिङ प्राधिकरणको प्रमुखका रुपमा आएको पाँच महिना मात्रै पुगेको छ । नेपाल उद्योग परिसंघले उनलाई काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा घिसिङलाई वर्षकै पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित गरेको हो ।कुलमान घिसिङ प्राधिकरणमा आएपछि उनले ट्रान्समिसनलाइनको निर्माणका भइरहेको ढिलाईलाई हटाएका छन् । जसका कारण विद्युत खरिद सम्झौता भएर पनि निर्माण्का अघि बढ्न नसकेको निजी क्षेत्रका जलविद्युत आयोजनाको निर्माण पनि तीव्र भएको छ ।

घिसिङले प्राधिकरणअन्तरगत निर्माण भइरहेका चमेलिया, कुलेखानी ते्रस्रो र माथिल्लो तामाकोशी लगायतका आयोजनाको निर्माणको गति बढाउन ठूलो भूमिका निभाएका छन् ।यसैगरी काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले पूर्वाधारमा लगानीका लागि वातावरण तयार गर्न नेतृत्वदायी भूमिका खेलेको परिसंघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।