0 COMMENTS

काठमाडौं ९ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ ।

अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय सोमबार विहानसम्म थियो । र, थापा पक्षले राणालाई मनाउने प्रयास गरेका थिए । तर, यो प्रयास असफल भएको छ ।

राप्रपाका शीर्ष चार नेताबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो । तर, डा. प्रकाशचन्द्र लोहनी पछि हटे र अध्यक्षमा उम्मेदवारी दिन्छु भनेका थिए ।अन्तिम समयमा लोहनीले मैदान छाडे । तर, उनी निकटका प्रदिपविक्रमले  उम्मेदवारी दिएका छन ।

निर्वाचन समितिका अनुसार एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि दिउँसो मतदान हुनेछ । केन्द्रीय सदस्यमा ४० खुलातर्फ छन् भने बाँकी आरक्षण छ ।समोवशीतर्फ मधेसीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कणर्ाली १, थारु १, प्रवास २ र पिछडिएको क्षेत्रबाट एक पुरुष र एक महिला चुनिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।