0 COMMENTS

नवलपरासी ९,फागुन०७३/ पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या गरेको प्रहरीले जनाएको छ ।जलेर घाइते अवस्थाकी नदेरुको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आइतबार मृत्यु भएको प्रहरीले बताएको छ ।

उनीहरुको आर्थिक अवस्था कमजोर थियो । दुवैले दिनदिनै मादक पदार्थ सेवन गरेर सामान्य विषयमा पनि झगडा गर्ने गरेको स्थानीयले बताएका छन् ।उनीहरुका ३ छोरी र एक छोरा छन् । ‘मदरबाबा मेला’ हेर्न गएका छोराछोरी शनिबार राती मामाघरमा बसेका थिए । –नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।