0 COMMENTS

काठमाडौँ,९ फागुन०७३ /राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठ, पार्टीका उपाध्यक्ष दीपक बोहरा, बुद्धिमान तामाङ, प्रतिभा राणा, पार्टीका महामन्त्री टङ्क ढकाल र राजेन्द्र लिङ्देन, प्रवक्ता राजाराम श्रेष्ठ तथा पूर्वमन्त्री सुनिल थापा र जयन्द्र चन्दलगायतले उम्मेदवारी दिएका छन् । 

त्यसैगरी, कलाकार रेखा थापा, कोमल ओली तथा युवा नेता भरत गिरीले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ जसअनुसार पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई मानार्थ केन्द्रीय सदस्य बनाइने भएको छ ।

 सोमबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गरिने निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।

निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिनेछ । सोमबार साँझसम्म परिणाम आउने गरी तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।