0 COMMENTS

रंन्जिता ढकाल,नेपालगन्ज ८ फागुन ०७३/राष्ट्रिय गौरवका रुपमा स्थापित हुदै गरेको प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यहि फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा हुने भएको छ । प्रतियोगिता आयोजनाका बारेमा आयोजक बाँके जिल्ला भलिबल संघले आईतबार नेपालगन्ज पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष टिएस ठकुरीले विगतका वर्षहरु झै प्रतियोगितालाई नियमित आयोजना गर्न लागेको बताए । अन्तराष्ट्रिय स्तरको रुपमा आयोजना गरिएको उक्त प्रतियोगितामा सबैको सहभागिता र अपनत्व हुनु पर्नेमा जोड दिदै अध्यक्ष ठकुरीले प्रतियोगिताको सफलता नै सबैको सफलता भएको हुँदा सबैको सहयोगको लागि आह्वान गर्नुभयो ।
प्रतियोगितामा ६ वटा भलिबल टिमले सहभागिता जनाउने भएको छ । जसमा नेपालका चार टिम र भारतबाट २ वटा टिमको सहभागिता हुनेछ । नेपालबाट नेपाल एपिएफ क्लब, न्यु डाइमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा र मध्यपश्चिम टिम रहने छ भने भारतबाट कोलकत्तालगायतका टिम रहने छ ।

गुडविल एम्बेसडर – क्रिकेटर महेश क्षेत्री

यसैबीच क्रिकेटर महेश क्षेत्रीलाई प्रधानमन्त्री कप चौथो संस्करणका लागि सदभावना दुत नियुक्त गरिएको छ । प्रतियोगिताको सफल आयोजना र प्रवधनमा क्रिकेटर क्षेत्रीले विशेष भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । सद्भावना दुत नियुक्त पछि क्रिकेटर क्षेत्रीले आफूलाई सदभावना दुतको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै उक्त जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाउनुभयो । क्षेत्रीले भने–“मैले आफ्नो शहरमा यसरी पहिलो पटक यस्तो अवसर प्राप्त गरे, जुन मेरो लागि सारै नै गौरवपूर्ण रहेको छ ।” मैले आफ्नो खेलजीवनमा गरेको लगानीको प्रतिफलको रुपमा यो अवसर लिएको छु ।”– क्रिकेटर क्षेत्रीको भनाई थियो । त्यसैगरी खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंह खेलाडीहरुको शहर भने परिचित नेपालगन्जमा आयोजना हुन लागेको प्रधानमन्त्री कपका लागि क्रिकेटर महेश क्षेत्रीलाई सद्भावना दुत नियुक्त गरिएकोमा खुशि व्यक्त गर्दै सबैलाई प्रतियोगिता सफलताका लागि आ आफ्नो ठाउँबाट जे जस्तो सहयोग गर्न सकिन्छ गर्नुपर्नेमा जोड दिनुभयो ।
२०७० सालदेखि शुरु गरिएको प्रधानमन्त्री कप महिला भलिबलको सद्भावना दुत यस भन्दा अघि चर्चित नायिका रेखा थापा हुनुहुन्थ्यो भने पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लब, दोश्रो संस्करकणको विजेता एपिएफ क्लब र तेश्रो संस्करणको विजेता कोलकत्ता भारत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।