0 COMMENTS

 हेमराज भट्ट,नेपालगन्ज÷फागुन ८ / बाँकेको साईगाँउ गाँउविकास समितिले खुल्ला दिशामुक्त अभियानलाई तिब्रता दिएको छ । गाविस स्थित वडा नागरिक मंन्च, नागरिक सचेतना केन्द्र लगायतको सहकार्यमा विगत देखि सचेतना मुलक कार्य गर्दै आएको गाविसले आज देखि खुल्ला दिशामुक्त अभियानलाई थप तिब्रता दिएको हो । गाविस सचिब ईश्वर बमको नेतृत्वमा गाविस स्थित सरसफाई समन्वय समिति, वडा नागरिक मन्च, नागरिक सचेतना केन्द्र, प्रहरी, राजनितिक दल लगायतको संयुक्त टोली नै बनाई विभिन्न सचेतनाका कार्यहरु थालेको गाविस सचिब बमले बताए ।

गाविसमा शौचालय बनाएका ब्यक्तिहरुले समेत शौचालयमा दिशा नगरि खुल्ला गर्न थालेपछि उनीहरुलाई सचेत गर्न आज पहिलो दिन बिहान ४ बजे देखि सिटी कार्यक्रम गरेको उनले बताए । पहिलो दिन गाविसका विभिन्न स्थानमा खुल्ला दिशा गरिरहेका ४ जना महिला र ८ जना पुरुष गरि १२ जनालाई पक्राउ गरि अब उप्रान्त खुल्ला दिशा नगर्ने प्रतिबद्धता गराई छोडीएको सचिब बमले बताए । अभियान अन्तरगत भोली देखि जो कोहीले पनि खुल्ला दिशा गरिरहेको पाएमा भीवासले गरेको निर्णय बमोजिम जरीवाना गर्ने उनले बताए । गाविसलाई खुल्ला दिशामुक्त बनाउन सबैको साथ र सहयोग प्राप्त भएकाले चाडै गाविस खुल्ला दिशा मुक्त हुने उनले बताए । अभियान अन्तरगत हरेक दिन बिहान ४ बजे देखि विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने गाविसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।