0 COMMENTS

काठमाडौं८ फागुन ०७३/राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष कमल थापा र प्रदीप बिक्रम रानाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर प्रदीप बिक्रम रानाले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मद्वारी दर्ता गर्ने बताउनु भएकाे थियाे ।
राणाले भन्नुभयो ‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म माँगे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसकयो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँ ?, अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दवाब र कसैको भनसुनमा उम्मेद्वारी दिइरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु।’
उहाँले पत्रकार सम्मलेन गरे लगतै महाधिवेशन स्थल भृकुटीमण्डपमा आएर अध्यक्षका लागि मनोनयन दर्ता गर्नुभएको हो ।
डाक्टर प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको भएपनि अहिलेसम्म उहाँले उम्मेद्वारी दर्ता गर्नुभएको छैन । बिहान १० देखि १२ बजेसम्म उम्मेद्वारका लागि मनोनयनपत्र दर्ता गर्ने समय तोकिए पनि निर्वाचन समितिको तयारी पुरा नहुँदा ढिलो गरीदर्ता प्रक्रिया सुरु भएको र अहिले पनि दर्ताको काम चलिरहेको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार उम्मेद्वारीमाथि दाबीविरोध, उम्मेद्वारी फिर्ता र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने र भोलि मतदान हुने राप्रपाले जनाएको छ । शनिबार पारित भएको विधान अनुसार अध्यक्ष र ९८ जना केन्द्रिय सदस्यका लागि चुनाव हुनेछ ।
केन्द्रिय सदस्यका लागि पनि मनोनयन दर्ताको काम चलिरहेको छ । शनिबार पारित भएको राप्रपाको नयाँ विधानमा १ सय ६३ सदस्यीय केन्द्रिय कार्यसमिति रहने, त्यसमा अध्यक्ष र ६० प्रतिशत केन्द्रिय सदस्य प्रत्यक्ष निर्वाचित हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । पार्टी अध्यक्षको उम्मेद्वारी दर्ता गर्न ५० हजार र सदस्यका लागि ७ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने ब्यवस्था गरिएको छ ।

नयाँ विधान अनुसार अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिनेछ, जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ता रहनेछन् ।उज्यलाे  नेटवर्क 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।