0 COMMENTS

Gyanendraचितवन०८फागुन०७३/ पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म प्रचार गरिने नभई मनले ग्रहण गर्ने विषय भएको बताउनुभएको छ । उहाँले हिन्दु धर्म नेपालीहरुको मनमा रहन सफल भएको पनि स्पष्ट पारेका छन् ।

चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्ष महायज्ञमा सहभागी हुने क्रममा संक्षिप्त प्रतिक्रिया दिदैं पूर्वराजा शाहले हिन्दु धर्म सम्पूर्ण नेपालीहरुको मनमा रहेको बताउनुभएको हो । महायज्ञबाट फर्किने क्रममा हिन्दु धर्म संरक्षणबारे साेधिएको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै हिन्दु धर्म बोल्ने नभई मनमा राख्ने विषय भएको धारणा ब्यक्तगरेका हुन् ।
पूर्वराजा शाहले महायज्ञमा गाईको पूजा तथा हवन समेत गरेका छन् । गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पत्नी कोमलसहित सहभागी पूर्वराजा शाहको भव्य स्वागत गरिएको थियो । पूर्वराजा शाह दम्पतिले करिब पाँच सय मिटर लामो पैदलयात्रा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।