0 COMMENTS

काठमाण्डाै८,फागुन०७३/  त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट फेरि अबैध सुन पक्राउ परेको छ । दुबईमा जन्मिएका भारतिय मुलका नागरिक कश्यप कान्तिलाल डेढ किलो सुनसहित पक्राउ परेका हुन् । बरामद सुनको बजार मूल्य ७१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

आइतबार दिउँसो १२ बजे एअर अरेबियाको विमानबाट काठमाडौं उत्रेका कश्यपको साथबाट भन्सार अधिकारीहरुले सुन बरामद गरेका हुन् । उनले आधा-आधा किलो तौलको दुईवटा सिक्री र आधा किलो तौलको सुनको बाला नै लगाएर आएका थिए । भन्सार स्रोतका अनुसार डेढ किलो सुन लगाएर आएका उनले अस्वभाविक गतिविधि देखाएका थिए ।

उनी पटक पटक दुबई काठमाडौं ओहोरदोहोर गरेको देखिन्छ । सन् २०१६ को जुलाईमा उनी काठमाडौं आएका देखिन्छ भने गत ६ फेब्रररीमा काठमाडौंबाट दुबई नै गएको देखिन्छ । स्रोतका अनुसार काठमाडौं र दुबईको बारम्बारको उनको यात्रा र त्यतिका धेरै सुन बरामद हुनुले उनको सम्बन्ध अवैध सुन तस्करहरुसँग हुन सक्ने देखिन्छ । कान्तिलालसँग संयुक्त अरब ईमिरेट्सको पासपोर्ट छ भने उनले भारतको अहमदावाद ठेगाना बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।