0 COMMENTS

काठमाडौं८ फागुन०७३ /राप्रपाले मधेस केन्द्रित दलहरुलाई समेत सहमतिमा ल्याएर चुनाव घोषणा गर्न सरकारसँग माग गरेको छ । राप्रपाको बन्दसत्रले मधेस केन्द्रित दलहरुको समेत सहमतिमा छिटो चुनाव घोषणा हुनुपर्ने निर्णय गरेको हो ।

भृकुटीमण्डपमा जारी महाधिवेशनले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । राप्रपा राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र सुदृढ स्थानीय स्वायत्त शासन हुनुपर्ने पक्षमा छ ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता चलिरहेको छ । अध्यक्ष पदमा कमल थापाले दाबी गरेका छन् । थापाविरुद्ध प्रदीप विक्रम राणाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाको परिमार्जित विधान अनुसार राप्रपाको केन्द्रीय कार्यसमिति १६३ सदस्यीय हुनेछ । कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन् । जसमा एक अध्यक्ष, ५ पाँच उपाध्यक्ष, ४ महामन्त्री, १ कोषाध्यक्ष, ५ सहमहामन्त्री, ७ सहायक महामन्त्री, १ सहायक कोषाध्यक्ष, १ प्रवक्ता र २ सहप्रवक्ताको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।