0 COMMENTS

prachanda-deubaकाठमाण्डाै०८फाल्गुन२०७३/प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले छिट्टै निर्वाचन मिति घोषणा गर्ने सहमति गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले अबको मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भोलि सोमबार वा पर्सि बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्ने सहमति दुई दलबीच भएको जानकारी दिइन् । तर, मिति घोषणाअघि निर्वाचन आयोगसँग परामर्श र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग पनि सत्तारुढ दलहरुले छलफल गर्ने उनले प्रष्ट पारिन् । शनिबार सत्तारुढ र मधेसी मोर्चाबीच भएको छलफल आ–आफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको थियो ।

प्रवक्ता भुसालले संविधान संशोधन प्रस्तावमा छलफल, बहुमत जुटाउन र चुनावको तयारी गर्न समय लाग्ने भएकाले मिति घोषणा गरेर दुवै विषयलाई सँगसँगै अगाडि लैजाने निष्कर्षमा दुई दल पुगेको बताइन् । उनका अनुसार मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अमान्य भन्दै आएकोले उनीहरुको माग पूरा गर्न छोटो अवधिका लागि प्रतिवेदन आयोगमा फिर्ता पठाउने भएको छ । आयोगले मधेसी मोर्चाले उठान गरेको मागबमोजिम जनसंख्याको अनुपातमा स्थानीय तह पुनर्संरचनाको संख्या हेरफेर गर्नेछ ।

बालुवाटार बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, प्रवक्ता भुसाल, मातृका यादव लगायत उपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।