0 COMMENTS
Capture
मदन बहादुर कार्की

काठमाण्डाै,८फागुन०७३/ क्यापिटल मर्चेन्ट तथा फाइनान्स ठगी प्रकरणका फरार प्रतिबादी मदन बहादुर कार्की पक्राउ परेका छन। काठमाडौं जील्ला बुढानिलकण्ठ न.पा. वडा नं. ५ बस्ने मदन बहादुर कार्की  लार्इ सात बर्ष पहिले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट आफ्नो कमसल जग्गाको अत्याधिक मुल्याङ्कन गराई धितो राखि झुठ्टा परियोजना बनाई सो परियोजनाको लागि  उक्त फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा प्राप्त गरेको कर्जा दुरुपयोग गरी फाइनान्स कम्पनी लार्इ  ठगी गरेकाे हुदा  अभियुक्त  बुढानिलकण्ठ न.पा. वडा नं. ५ बस्ने मदन बहादुर कार्की  लार्इ  केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौं बाट खटीएकाे टाेलीले पक्राउ गरेकाे छ ।

नीज  मदन बहादुर कार्की लाइ    बैकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०७१/०१/२९ गतेको फैसलाले जिल्ला काठमाडौं बिष्णु-बुढानिलकण्ठ गा.बि.स. वडा नं. ४ (हाल बुढानिलकण्ठ न.पा. वडा नं. ५)  बस्ने मदन बहादुर कार्कीलाई  रु. ७,६४,०३,२४४/८७ (सात करोड चौसठ्ठी लाख तीन हजार दुई सय चौवालिस रुपैया सत्तासी पैसा) जरीवाना र ३(तीन) बर्ष कैद  हुने ठहर भएकोमा उक्त कैद बेरुजु रही फरार रहेका थीए निजलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले मिति २०७३/११/०८ गते बुढानिलकण्ठ, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

यस बाहेक हालसम्ममा अनुसन्धान ब्यूरोको टोलिले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा(६ बर्ष कैद र रु. १३,३०,००,०००/-जरीवाना)लाई मिति २०७२/०२/१४ गते, नवराज खत्री(३ बर्ष कैद रु ६,५०,००,०००/- जरीवाना)लाई मिति २०७२/०२/१९ गते, तुलसाकुमारी धमला(३ बर्ष कैद र २,२०,००,०००/-जरीवाना)लाई मिति २०७२।०४।१७ गते, भाइकृष्ण खड्का(३ बर्ष कैद र रु. ३,५०,००,०००/- जरीवाना)लाई मिति २०७२/०५/०२ गते र किरण केशर नेपाल(३बर्ष कैद र रु. ९,४१,३७,७७४/०१ जरीवाना)लाई मिति २०७३/१०/२४ गते फैसला कार्यान्वयनको लागि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।