0 COMMENTS

Kamal-Thapaकाठमाण्डाै ०७, फागुन २०७३/राप्रपा नेपालको अघिल्लो महाधिवेशनमा इलोक्ट्रोनिक मेशिन प्रयोग गरेर कमल थापाले अनुचित भोट ल्याई ठूलो मतान्तरले अर्का प्रत्यासी पद्मसुन्दर लावतीलाई हराएको प्रंसग सेलाउन नपाँउदै यस पटक समेत सोही मेसिनबाट मतदान गर्ने विषयलाई लिएर दूई पक्षबीच विवाद चुलिएको छ ।

एकीकृत राप्रपाको महाधिवेशनमा मतदानका लागि प्रयोग गर्न लागिएको इलेक्ट्रोनिक भोटिङ मेसिनमा घुसपैठ भएको खुलासा भएसँगै अध्यक्षका अर्काे प्रत्यासी डा प्रकाशचन्द्र लोहनी पक्षधरहरुले व्यालेट सिष्टमबाट मात्र मतदान प्रक्रियामा भाग लिने अडान लिएसँगै मतदान प्रक्रिया अझैं लम्बने संकेत देखिइएको छ ।
सफ्टवेयरबाट चल्ने मेशिनमा घुसपैठ भएको खुलासा भएसँगै राप्रपा महाधिवेशनको बन्दसत्रमा होहल्ला समेत मच्चिएको थियो ।
राप्रपा उच्च स्रोतका अनुसार घुसपैठ भएको सूचना प्राप्त भएसँगै संस्थापन राप्रपाका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।पार्टीको पदाधिकारी चयन प्रकृया र चुनाव चिन्हलाई लिएर असन्तुष्टि जनाउँदै अध्यक्षमा चुनावमा लड्ने घोषणा गरेका राष्ट्रिय अध्यक्षले घुसपैठ भएको थाहा पाएसँगै इलेक्ट्रोनिक पद्धतिबाट मतदान नभए चुनावमा सहभागी नभई बहिस्कार गर्ने घोषणा गरेका छन् ।
डा. लोहनीले मतदान प्रकृयामा असन्तुष्टि जनाउँदै व्यालेटमा मतपत्रमार्फत मतदान गरिएमात्र चुनावमा भाग लिने नत्र प्रकृयानै बहिस्कार गर्ने भन्दै उनका कार्यकर्ताले महाधिवेशनस्थल भृकुटिमण्डपमा विरोध गर्दै नाराबाजी गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।