0 COMMENTS

काठमाडौं ७ फागुन०७३/सरकार र मधेसी मोर्चाको बैठक विना निष्कर्ष टुंगिएको छ । र्वाचनको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार विहान मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए । बैठकमा दुबै पक्षले आआफ्नो ‘बाध्यता’ सुनाएका छन् र, सहमति विना उठेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफू एकदमै अप्ठ्यारोमा रहेको भन्दै निर्वाचनको मिति घोषणामा सहमति जनाउन आग्रह गरे । चुनाव घोषणा लगतै संविधान संशोधनमा केन्द्रीत हुने र तराई मधेसमा स्थानीय तहको संख्या बढाउने बताए ।

यो गठवन्धनलाई दिर्घकालीन रुपमा नै लैजानु पर्ने भन्दै उनले भने, यहाँहरुको सहयोग चाहियो ।जवाफमा मधेसी मोर्चाका नेताहरुले भने चुनावको मिति घोषणा भएकै दिन आन्दोलन घोषणा गर्ने बताए । उनीहरुले पनि यो आफूहरुको बाध्यता भएको बताए । उनले धेरै नै गम्भीर कुराहरु आयो, एमालेसहितका दलहरुसाग भोलि नै छलफल भनेका छन् ।

बैठकबाट उठ्दै गर्दा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई भोलि मिल्नै नसक्ने गरी टाढा नजान आग्रह गरे । मोर्चाका एक नेताका अनुसार प्रचण्डको मुड चुनावको मिति घोषणा गरेर अघि बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।