0 COMMENTS

काठमाण्डाै, ७ फागुन०७३/कलेज जाँदै गरेकी एक छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।

जिल्लाको उत्तरी गाविस ऐंसेलुखर्कस्थित त्रिभुवन मावि जाँदै गरेकी १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरी पक्राउ परेका हुन् ।एक्लै कलेज जाँदै गरेको मौकामा ऐंसेलुखर्कस्थित झुलेडाँडाको जङ्गलमा पुरीले जबरजस्ती करणी गर्न खोजेको पीडित छात्राले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गर्न पुरीले लछारपछार गरिरहेको अवस्थामा स्थानीयले उद्धार गरेका प्रहरीले जनाएको छ ।
स्थानीयको उद्धारपछि घर फर्किएकी छात्राले इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा दिएको उजुरीको आधारमा पुरीलाई सोही दिन पक्राउ गरिए पनि मुद्दा चलेको छैन । मिलापत्र गराउन खोजेकाले अहिलेसम्म पनि मुद्दा दर्ता हुन नसकेको स्थानीयले बताएका छन् । आरोपित पुरी पक्राउ पर्नासाथ उनका आफन्तले मिलापत्र गराउन प्रहरीलाई दवाव दिइरहेको स्थानीयले बताए । पीडित युवती स्वास्थ्य परीक्षणका लागि शनिबार जिल्ला अस्पताल दिक्तेल आएकी छन् । उनी मावली घर बसेर ऐंसेलुखर्कस्थित त्रिभुवन माविमा पढ्दै थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।