0 COMMENTS

 16809045_1436802079672527_1237086672_nकाठमाण्डाै,७फागुन०७३/ चार्ल्स डार्विन स्कुल र पायोनियर स्कुलले जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगिताको उपाधी जितेका छन् । राष्ट्रिय संस्थागत विद्यालय संघ(निसान)ले जोरपाटीको चार्ल्स डार्विन स्कुलमा हीजाे ६ गते आयोजना गरेको प्रतियोगिता अंग्रेजी तर्फ चार्ल्स डार्विन स्कुलकी तुलसा खरेल प्रथम,लिवर्टी एकेडेमीका बालकृष्ण श्रेस्ठ द्वितीय र जोन एकेडेमीकी अन्जना बिक तृतीय हुन सफल भए भने नेपाली बिधामा पायोनियर स्कुलकी नैना श्रेस्ठ प्रथम, चार्ल्स डार्विनकी निशा बस्नेत द्वितीय र बिद्या सदनकी सलिना श्रेस्ठ तृतीय बनेकी हुन् ।कार्यक्रमका बिजयीलाई राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, निसानका अध्यक्ष ओम ढकाल,निर्णायक डा बिदुर चालिसे र प्रकाश दाहाल लगाएतले पुरस्कार वितरण गरेका थिए ।

चार्ल्स डार्विन स्कुलका अध्यक्ष अजय ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिजेता बालबालिकालाई निसानका कोषाध्यक्ष रामेश्वर चौलागाईं,संचारकर्मी सुदर्शन बजगाई,इसानका अध्यक्ष बालमुकुन्द कार्की,निसानका अध्यक्ष ओम ढकाल लगाएतले शुभकामना मन्तव्य दिंदै कार्यक्रम आयोजना गरेकोमा निसान र चार्ल्स डार्विन स्कुलको मुक्तकण्ठाले प्रशंसा गरेका थिए । बिजयी विद्यार्थी र स्कुललाई मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा निसान को बिकास र प्रवर्द्धन र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै समाजसेवी एवम संचारकर्मी सुदर्शन बजगाईलाई सम्मानित समेत गरिएको थियो ।

कार्यक्रममा निसानका महासचिव सौर्य आचार्य,श्रोत ब्याक्ती रामनारायण शाह,इसानका महासचिव भिम दर्लामी,निसानका उपाध्यक्ष महेश केसी, निसानका सचिब चुडामणि पौडेल ,जोन स्कुलका प्रधानाध्यापक घनेन्द्र भट्टराई,पायोनियर स्कुलका प्रधानाध्यापक राजन श्रेस्ठ र मिल्की वे स्कुलका प्रधानाध्यापक राजेश घिमिरे लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन दीप मेहेरले गरेका थिए । नेपालकै संस्थागत बिद्यालयको ठूलो संगठन मध्यको एक हो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।