0 COMMENTS

काठमाडौं,६ फागुन ०७३ / प्रजातन्त्र दिवसका पुर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द शाहले शुभकामना सन्देश दिनुएका छन् । जुनसुकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु पर्दछ भन्ने आफ्नो धारणा रहेको भन्दै उनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नु पर्दछ । हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो । 

यस्तो छ शुभकामना सन्देश
नेपाली दिदीबहीनी तथा दाजुभाइहरु,
६७ औं प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण गर्न चाहन्छु ।

प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सून्दर अलंकार मात्र होइन मानवीय हक र हितकोे आधार स्तम्भ पनि हो । प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्दछन्, तर जुनसुकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु पर्दछ भन्ने मलाई लाग्दछ । राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ ।

त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नु पर्दछ । हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो

किसानले खेतमा, मजदुरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पीडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफूले आफैलाई प्रश्न गर्नु पर्ने घडी आएको छ ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।