0 COMMENTS

काठमाडौँ ६फाल्गुन २०७३/राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले राप्रपालाई राप्रपा नेपालमा विलय हुन नदिने दावी गरेका छन् ।

पार्टीको एकता महाधिवेशनलाई सम्बधोन गर्दै लोहोनीले भावी अध्यक्षका प्रतिस्पर्धी कमल थापा तर्फ संकेत गर्दै असमान ढंगले पार्टी एकता हुन नसक्ने बताए । उनले राप्रपाको स्थापनाकालदेखीको हलाे चिन्ह् नत्याग्ने बताए । ‘२७ वर्षदेखी हलो गाउँ गाउँ पुगिरहेको छ । असमान ढंगले भएको एकताका आधारमा हलो त्यागिदैन । यसमा हेक्का रहोस् ।

उनले राप्रपालाई राप्रपा नेपालमा विलय गराएर कमल थापाले नेतृत्व हत्याउन खोजेको संकेत समेत गरे ।त्यसअघि बोलेका अर्का नेता पशुपति समशेर जबराले पनि हलो चिन्ह् नत्याग्ने उद्घोष गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।