0 COMMENTS

काठमाडौं,६ फागुन ०७३/ स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को चुनाव चार दिनपछि सरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको बैठकले आउँदो १४ गतेका लागि तय भएको स्ववियुको चुनाव चार दिन पछि अर्थात १८ गते गर्ने निर्णय गरेको हो ।
त्रिविले शुक्रबार नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । अखिल (क्रान्तिकारी) ले विभिन्न क्याम्पसमा तालाबन्दी गरेपछि चुनाव चार दिनपछि धकेलिएको हो । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले सबै विद्यार्थी सङ्गठनलाई समेटेर लैजानका लागि चुनाव सारिएको बताउनुभयो । यसअघि नेत्र विक्रम चन्द विप्लव नेतृत्व निकट अखिल क्रान्तिकारीले माउ पार्टीको महाधिवेशनका कारण सहभागिता जनाउन नसक्ने बताउँदै आएको थियो ।
चुनाव सार्ने सहमति भएपछि आज सबै क्याम्पसमा लगाइएको तालापनि खोल्ने तय भएको छ । त्रिविले यसअघि दुई पटक स्ववियु चुनावको घोषणा गरे पनि विद्यार्थी विवादका कारण हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।