0 COMMENTS

 रंन्जीता थापा,नेपालगन्ज, ५ फागुन ०७३/प्रेस युनियन बाँकेकाे अध्यक्ष पदका लागी नरेन्द्र थापाकाे  उमेदवारी पक्का भएकाे छ ।   नेपाल पत्रकार महासंघ बाँकेको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियनको तर्फबाट अध्यक्ष पदमा नरेन्द्र थापालाई उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरिएको छ ।

प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा आज(बिहीबार) सम्पन्न कार्य समिति पदाधिकारीकाे बैठकले अध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको हो । यसअघि नेपाल प्रेस युनियन बाँकेको पहलमा आजै (२०७३ फागुन ५ गते) युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, सचिव दिपा आलेमगर, केन्द्रिय सदस्य जयसिंह केसी, युनियन शाखाका सल्लाहकारहरु, अग्रज पत्रकार सहितको उपस्थितीमा अध्यक्ष पदका ३ जना आकांक्षीहरु (नरेन्द्र थापा, दामोदर भण्डारी र राकेश मिश्र) बीच सर्वसम्मत रुपमा महासंघको अध्यक्ष पदमा नरेन्द्र थापालाई उम्मेदवार बनाउने सहमती भएको थियो । कार्यसमिति पदाधिकारी बैठकले महासंघको निर्वाचनका लागी प्रेस युनियन तर्फका अन्य पदका उम्मेदवारहरूकाे यथाशक्य चाडै चयन गर्ने निर्णय गरेको छ ।

साथै महासंघको निर्वाचनका विषयमा आवश्यक छलफल गर्न नेपाल प्रेस युनियन बाँकेको बृहत भेला यही फागुन ८ गते आइतबार दिउँसो १२ बजे नेपालगन्जस्थित ओम रिसोर्टमा गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।