0 COMMENTS

काठमाण्डाै,५ फाल्गुण  २०७३/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । र, आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

भेटमा प्रमुख आयुक्त यादवले भने आयोगले कम्तिमा पनि दुई चरणमा निर्वाचन गर्ने गरी तयारी थालेको भन्दै त्यसअनुसार नै मिति घोषणा गर्न सुझाव दिए । छोटो समयमा चुनाव गर्नुपर्ने र स्थानीय तह पूर्ण कार्यान्वयनमा नआइसकेको अवस्थामा कम्तिमा पनि दुई चरणमा मतदान गर्नुपर्ने बताए ।

स्रोतका अनुसार निर्वाचन आयोगले सरकार सामु आगामी जेठ १ र २१ गतेको मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री दाहाल केही दिनमा नै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारीमा छन् । प्रमुख तीन दलबीच भएका पछिल्ला छलफलहरुमा जेठमा चुनाव गर्ने गरी ७ वा ८ गतेभित्र मिति घोषणा गर्ने सहमति भएको छ ।तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिँदै आएको छ ।

सरकारले मोर्चाको माग सम्बोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता पनि गरेको छ । तर, एमालेका साथै सत्तारुढ राप्रपाले समेत विरोध गरेका कारण दुई तिहाई नपुग्ने भएपछि विधेयक अघि बढेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।