0 COMMENTS

सिन्धुली संवाददाता,फागुन ५, २०७३/यो वर्षको फागुन महिना पत्रकारहरुको लागि नयाँ नेतृत्व चयन गर्ने महिनाको रुपमा चिनिएको छ । फागुन १७ गते जिल्लाहरुमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुदैछ । यस अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसै नयाँ नेतृत्व चयनका लागि पत्रकार महासंघ सिन्धुलीमा पनि आ आफ्नो पोल्टामा नेतृत्व हात पार्ने दाउमा लागि परेका छन् ।
अध्यक्षका लागि इटा र कपडा व्यवसायीको रहर
सुन्दा अनौठो लाग्न सक्छ तर सत्य हो पत्रकार महासंघ शाखा सिन्धुलीको यस वर्षको कार्यकालका लागि अध्यक्षको पदको लागि इटा व्यवसायी र कपडा व्यवसायीहरु विच प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरी घिमिरे र रेडियो साहाराका स्टेशन म्यानेजर होमकुमार कार्की (राजन) विच प्रतिष्पर्धा हुने बुझिएको छ ।
घिमिरे कमलामाई नगरपालिकामा सञ्चालित इटा उद्योगसँग सम्बन्धीत व्यवसायी पनि हुन भने कार्कीले सिन्धुलीमाढी बजारमा कपडा पसल सञ्चालन गर्दै आएका छन् ।
महासंघमा राजनीतिक दुर्गन्ध
पत्रकारलाई राज्यको चौथो अंगका रुपमा लिइन्छ र यसलाई स्वतन्त्र व्यक्तिहरुको छाता संगठनको रुपमा मानिन्छ तर पत्रकार महासंघ सिन्धुलीको आसन्न हुने निर्वाचनमा राजनीतिक दुर्गन्धले भरिपुर्ण हुने देखीन्छ । नयाँ नेतृत्व कुन पाटी निकटले हात पार्ने हो भनेर राजनीतिक दल आवद्ध पत्रकार र राजनीतिक पार्टीका प्रतिनिधीहरु लागि परेका छन् ।
सिन्धुलीमा हाल चार वटा राजनीतिक दल सम्बद्ध संगठनहरु पत्रकारीतामा क्रियाशिल रहेका छन् । हाल नेपाली काँग्रेस निकट प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट क्रान्तीकारी पत्रकार संघ र नयाँ शक्ति निकट प्रेस सेन्टर क्रियाशिल रहेका छन् । अहिले आधिकारीक रुपमा घोषण नगरिए पनि प्रेस युनियन र क्रान्तीकारी पत्रकार संघको एक प्यानल साथै प्रेस चौतारी नेपाल र प्रेस सेन्टर विच अर्को प्यानल बन्ने देखीन्छ ।
कसले हात पार्ला नेतृत्व
पत्रकार महासंघ सिन्धुलीको इतिहासलाई हेर्ने हो भने कसले अवको नेतृत्व कसले हात पार्ला भन्ने विषय सहज छैन । संगठनको नियम कानुन भन्दा पनि आफुहरु ठूलो हु भन्ने भावना बोकेका अग्रज पत्रकार हुँ भन्नेहरुले आफ्नो हातमा लड्डुपार्न जस्तोसुकै अवस्थाको पनि सिर्जना गर्न सक्नेछन् ।
संस्थाको विधानलाई थाति राखेर आफ्नो हुँदो गर्न पछि पर्दैनन् । पत्रकार महासंघ सिन्धुलीको इतिहास कोट्याउँदा एकै कार्यकालमा पनि दुईजनाले बाँडीचुडी नेतृत्व सम्हालेका छन् । यसै गरि मतदान हुँदा कुनै पाटी निकटका सदस्यहरुको महासंघमा सहभागीता नहुने देखीएपछि चुनावको तिथी मिति तोकेर तथा नोमीनेशन शुल्क लिई नोमिनेशन दर्ता गराई पछि सहमतीको नाटकीय रुप धारण गरेको पनि पाइन्छ । यसरी इतिहास केलाउँदा चुनाव गरेरै नेतृत्व चयन गर्ने सम्भावना एकदमै कम देखीन्छ ।
यदि सहमती बन्न सकेन भने दुई प्यानल विच प्रतिष्पर्धा हुने निश्चित प्राय छ । यदि प्रेस युनियन र क्रान्तीकारी पत्रकार संघको एक प्यानल र प्रेस चौतारी नेपाल र प्रेस सेन्टर विचको अर्को प्यानल विच प्रतिष्पर्धा भयो भने दुवै प्यानलसँग खुलेर लागेका पत्रकारहरुको सदस्यता आधा आधा देखीन्छ र यसको निर्णायक मत भने तटस्थ भनि आफैले आफैलाई नाम घोषित गरेकाहरुको रहने छ ।
आफ्नैबाट घात हुने खतरा
अवको नेतृत्वका लागि जो जो दावेदार छन् उनीहरुविच आफैसँग निकट रहेका तथा आफ्नो प्यानल भित्रकाबाट सबैले आफैमा मतदान गर्छन भन्नेमा ढुक्क छैनन् ।
अध्यक्षको दावेदारहरुले सदस्यहरुसँग व्यक्तिगतरुपमा, घरायसी रुपमा र व्यवसायीक रुपमा आफ्नै संगठन निकटका सदस्यहरु तथा प्यानल भित्रका सदस्यहरुसँग सम्बन्ध राम्रो नरहेकोले आफ्नैबाट पनि घात हुने सम्भावना बढेर जाने देखीन्छ । यदि मतदान हुने अवस्था आएर प्यानल निर्माण गर्दा दुवै पक्षले विचार नपुर्याए पनि आफ्नैले अन्तरघात हुने देखीन्छ ।
तर पनि थोरै संख्यामा मतदाता रहेकोले गोप्य मतदान भए पनि कसले कसलाई मतदान गर्यो भने अड्कल सहजै गर्न सकिने हुँदा संघ संगठनसँग आवद्ध सदस्यहरुले भने आफु निकट पाटीले गरेको निर्णयलाई व्यक्तिगत दुश्मनीसँग नदाँजी मतदान गर्ने सक्ने अवस्था पनि आउने छ ।
सक्रियलाई कारवाहि, खोल ओढ्नेको नविकरण
पत्रकार महासंघ सिन्धुलीमा पत्रकारीता गर्ने भन्दा पनि आफ्नो पाटी निकटकालाई सदस्यता जोगाइराख्ने गरिएको छ । सिन्धुलीमा हाल रहेका नविकरण गरिएका सदस्यहरुको अवस्था हेर्ने हो भने ५० प्रतिशत सदस्यहरु वेग्लै पेशामा आवद्ध भएपनि पत्रकारीताको खोल ओढेर ढोल बजाइरहेका छन् ।
पत्रकारीताको खोल ओढ्ने तर क्रियाशिल नरहेकोलाई नातावाद, कृपावाद, राजनीतिकवाद लगाएतका अनेकवादको नाताले उनीहरुको सदस्यता नविकरण भइरहेको पाइएको छ ।
सिन्धुलीको अवस्था हेर्ने हो भने शिक्षक पेशामा आवद्ध, कृषीक्षेत्रमा आवद्ध, स्टेशनरी व्यवसायी, एनजिओ कर्मीको सदस्यता नविकरण गरिएको छ भने वर्षौ देखी पत्रकारीता गरिरहेकाहरुलाई विभिन्न वाहानामा तथा व्यक्तिगत रिसिविइका कारण सदस्यता काट्दिने र सदस्यता नै नदिने भइरहेको छ ।
कसको पेशा के ?
न्युनतम पारिश्रम लागु नहुनु र मोफसलमा रहेर पत्रकारीता गर्नु गाह्रो विषय हो । यसलाई राम्रोसँग बुझेका सिन्धुलीका पत्रकारहरुले पत्रकारको खोल ओढेर आफुहरु भने अन्य पेशालाई नै मुख्य पेशा बनाउदै आएकाछन् । यसरी अन्य व्यवसाय र पेशामा रहेका पत्रकारहरुले कसरी स्वतन्त्र रुपमा पत्रकारीता गर्छन भन्ने विषय अनौठो बनेको छ ।
हाल अन्य व्यवसायलाई आफ्नो मुख्य व्यवसाय बनाएपनि पत्रकारीताको खोल भने ओढ्न छाडेका छैनन् । यसरी ५० प्रतिशत सदस्यहरुले अन्य व्यवसायलाई मुख्य व्यवसायको रुपमा कार्य गर्दै आएकाे कुरा अाजकाे अनलाइन पानामा समाचार  छ ।
क्र.सं. नाम थर मुख्य पेशा
१. बाबुराम देवकोटा: गैर सरकारी संस्थाकर्मी
२. कृष्णप्रसाद गौतम :जुनार सहकारी संघका अध्यक्ष
३. श्यामहरि अधिकारी : नेपाली काग्रेसका जिम्मेवार कार्यकर्ता
४. सञ्जय दाहाल : युवा परिषद सिन्धुलीका अध्यक्ष
५. प्रमोदराज दाहाल : औषधी व्यवसायी
६. रेखानाथ दाहाल : पत्रकारीता क्षेत्रमा हाल आवद्ध नभएको
७. काजीमान थिङ : नेकपा माओवादीका जिम्मेवार कार्यकर्ता
८. होमकुमार कार्की :राजन कपडा व्यवसायी
९. शेतरमान तामाङ : गैर सरकारी संस्था कर्मी
१०. धु्रवचन्द्र खड्का : गैर सरकारी संस्था कर्मी
११. लक्ष्मण घिमिरे : पत्रकारीता क्षेत्रमा हाल आवद्ध नभएको
१२. लोकहरि आचार्य : सुचना व्यवस्थापन अधिकृत, जिल्ला वाल कल्याण समिति सिन्धुली
१३. गणेश दर्जी :गैर सरकारी संस्थाकर्मी
१४. नवीन श्रेष्ठ : गैर सरकारी संस्था कर्मी
१५. यमकुमार चौलागाई : व्यपारी
१६. दीपनारायण श्रेष्ठ : शिक्षक पेशामा आवद्ध हाल प्रवासी
१७. उमा पौडेल : कर्मचारी जिविस सिन्धुली
१८. बरुण लामिछाने : शिक्षक
१९. अनिता बराल : शिक्षक
२०. रमा कार्की : पत्रकारीता क्षेत्रमा हाल आवद्ध नभएको
२१. माधव देवकोटा :औषधी व्यवसायी
२२. अनिल भण्डारी : कर्मचारी, पुननिर्माण प्राधिकरण
२३. विक्रम रत्न : नयाँ शक्ति पाटी निकट विद्याार्थी संगठनको जिम्मेवार व्यक्ति
२४. सुवास थापा : औषधी कम्पनीमा कार्यरत
२५. कृष्ण अधिकारी : कृषी व्यवसायी
२६. नेत्रविक्रम थापा : गैर सरकारी संस्था कर्मी
२७. जनक श्रेष्ठ :स्टेशनरी व्यवसायी
२८. रमेश कार्की गैर :सरकारी संस्था कर्मी
२९. राधिका बुढाथोकी: गैर सरकारी संस्था कर्मी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।