0 COMMENTS

rafat-sancharनेपालगन्ज,४फागुन०७३/ रफत सञ्चार क्लबको शाखा नेपालगन्जमा पनि गठन भएको छ । बुधबार नेपालगन्ज्मा भेला भएका महिला पत्रकारहरुले रञ्जिता ढकाल थापाको अध्यक्षतामा ९ सलदस्यीय शाखा गठन गरेको हो ।

उक्त शाखामा पदाधिकारी सबै महिला पत्रकारहरु नै रहेका छन् । शाखाको उपाध्यक्षमा करुणा शाह, सचिवमा निकिता लामिछाने, कोषाध्यक्षमा ल्क्ष्मी गौडेल, सहसचिवमा कमला हमाल रहेका छन् । यसैगरी सदस्यहरुमा लक्षमी विसी, लक्ष्मी चौधरी, सुमित्रा पण्डित र निशु जोशी रहेको अध्यक्ष थापाले बताईन् ।

रफत सञ्चार क्लबले जिल्लामा शाखा गठन अभियान अन्र्तगत मध्यपश्चिमका दैलेख, सुर्खेत, बाँकेमा शाखा गठन गरिसकेको छ भने बिरगन्ज, मोरङ, पोखरा, सिन्धुपाल्चोक, दोलआ, काभ्रै, दाङ, कैलालीमा शाखा गठनको तयारी अघि बढाएको क्लबका केन्द्रीय महासचिव कमल न्यौपानेले बताएका छन् । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको क्लबले विगत ६ बर्षदेखि समयानुकुल विविध बिषयमा सञ्चारपैरवी गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।