0 COMMENTS
Capture
अशोक ढुंगेल

काठमाडौं ४फागुन०७३/ काभ्रेस्थली गा.बि.स. वडा नं. ६ स्थित ३६ रोपनी जग्गा प्लानीङका लागी नविन कुमार नेपाल सहीतले डोजर लगाई रहेको अवस्थामा अशोक ढुङ्गेल र निजका साथीहरु अमर लामा तथा सुन्दर श्रेष्ठ समेतले ९८०८१२३१७८ नंवरको मोबाइलबाट जाहेरवालासंग सम्पर्क गरी रु दश लाख रकम माग गर्दै, नदिएमा गोली हानी मार्ने धम्की दिंदै आएको र सोही क्रममा मिति २०६६/१२/०५ गते दिउसो अं. ११:०० बजे उक्त प्लटिङ्गको लागि प्रयोग गरिएको डोजरका चालक लोकनाथ ढुङ्गानालाई पेस्तोल देखाई कुटपिट गरी डोजरको साँचो खोसी लिई मिति २०६६/१२/०६ गते जाहेरवालालाई अपहरण गरी मारिदिने र डोजरहरुमा आगो लगाईदिने धम्की दिई रु पाँच लाख फिरौति रकम माग गरेको र सोही दिन पीडितले प्रतिवादीहरुलाई फिरौती वापतको पहिलो किस्ता रु एक लाख दिएकोमा प्रहरी कारवाहीको सिलसिलामा प्रतिबादी मध्येका अमर लामाको साथबाट का.जि. का.म.न.पा. वडा नं. २९ नयाँ बसपार्कमा फिरौती वापतको सो रु. एक लाख सहित डोजरको चाबीहरु र फिरौती माग्न प्रयोग भएको सीम सहितको नोकीया मोबाईल सेट प्रहरीले बरामद गरेको थियो ।

नविन कुमार नेपालको जाहेरीले अभीयुक्त अशोक ढुंगेल समेत भएको अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०६९/१०/०२ गतेको फैसलाले जिल्ला नुवाकोट फिकुरी गा.बि.स. वडा नं. ९ स्थायी वतन भई जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. १९ डेरा गरी बस्ने बर्ष २९ का अशोक ढुंगेललाई ६ बर्ष कैद हुने ठहरी फैसला भएकोमा उक्त कैद वेरुजु रही फरार रहेका निजलाई अशोक ढुंगेल  अशोक ढुंगेल लाइ केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौं बाट खटियकाे टाेलीले मिति २०७३/११/०२ गते बेलुका मनमैजु, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।