0 COMMENTS

अनुज न्यौपाने ,चीतवन३फागुन०७३/ पुर्वी चितवनमा खैरहनीमा रहेको भुवानी शंकर क्याम्पसमा आज संयुक्त विद्यार्थी संगठनहरुले स्वबियु निर्वाचन मन्ड्ललाई ध्यानकर्षण गराएका छन । त्रिभुवन बिस्वबिद्यालयले फागुन १४ गते हुने भनिएको स्वबियु निर्वाचनको लागि हरेक विद्यार्थी संगठनहरु आफ्नो टिमलाई जिताउन अग्रसर भएका छन ।

स्वबियु चुनाव नजिकिदै गर्दा यती बेला विद्यार्थीहरुमा उत्साहा समेत बढीरहेको छ । केही विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा ताला समेत लगाएको क्यम्पस प्रशासनले जनाएको छ ।त्रिभुवन बिस्वबिद्यालयले घोषणा गरे अनुसार फागुन १ गते मतदाता सुची प्रकाशन , ३ गते र ४ गते दावी बिरोध र ५ गते मानोनयन दर्ता प्रकृया निक्लेकोले सो सरह क्याम्पस प्रसासन जान पर्ने विद्यार्थी संगठनहरुको माग छ । अनेरास्बबियु , नयाँ सक्ती विद्यार्थी युनियन,नेवी संघ , अखिल संयुक्त , अखिल क्रान्तिकारी , संयुक्त विद्यार्थी युनियन , थरु विद्यार्थी संगठन , संयुक्त विद्यार्थी सँघ लगायता विद्यार्थी संगठनहरुले आज सङ्युक्त बिद्यप्ती जारी गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।