0 COMMENTS

कैलाली ३ फागुन०७३/ श्रीमती हत्याको आरोपमा धनगढी जुगेडा सिं गाउँका हिक्मत बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस ७ गते भागी विवाह गरेका २६ बर्षीय सिंहले १६ बर्षीया श्रीमती अन्जली सिंहको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।२ दिन अगाडि माइती पक्षले प्रहरीमा छोरी अञ्जली खोजी गरिपाउँ भन्दै जाहेरी दिएका थिए । प्रहरीले हिक्मत सिंहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले अञ्जलीलाई मारेर घर अगाडि खाल्डो खनेर गाडेको बयान दिएका छन् ।

उनको बयानको आधारमा प्रहरी अञ्जलीको लास बरामद गरी पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल पठाएको छ ।हत्याको आरोपमा हिक्मतका आमा, भाउजु र बैनीलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।